ई–आर्थिक, काठमाडौं : सरकारले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएपछि उनको ठाउृँमा हितेन्द्र देव शाक्य नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
ऊर्जा मन्त्रालयको प्रस्तावमा शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको ती मन्त्रीले जानकारी दिए ।
चार वर्षीय घिसिङको कार्यकाल आगामी साउन २४ गते सकिँदै थियो । तर, समयावधि नसकिँदै सरकारले उनलाई हटाएको हो । डेडिकेटेड र ट्रंक लाइनका कारण घिसिङलाई विवादमा ल्याइएको थियो । उद्योगहरूको लाइन काट्ने विषयमा घिसिङ र सरकारबीच जुहारी चल्दै आएको छ तर सरकारले भने प्राधिकरणलाई भन्दा पनि प्राधिकरणको बक्यौता नतिर्ने उद्योगीलाई साथ दिंर्दै आएको थियो ।