२०८३ साउन ११ सोमबार

भ्रष्टाचार मुद्दामा फरार विद्युत् प्राधिकरणका पूर्व सहायक प्रबन्धक उप्रेती पक्राउ

ई आर्थिक    सोमबार, चैत्र ११ २०८१
3.3K
Shares
भ्रष्टाचार मुद्दामा फरार विद्युत् प्राधिकरणका पूर्व सहायक प्रबन्धक उप्रेती पक्राउ

दुई करोड ५५ लाख रुपैयाँ जरिवाना

ई-आर्थिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व सहायक प्रबन्धक ध्रुव कुमार उप्रेती पक्राउ परेका छन् ।  उनी  भ्रष्टाचार मुद्दामा फरार रहेका थिए ।

उनलाई वनस्थलीबाट आइतबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।

उनलाई  भ्रष्टाचार गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको विरुद्ध सर्वोच्च अदालतले गत मंसिर १२ गते दोषी ठहर गरेको थियो। अदालतले  उनलाई दुई करोड ५५ लाख १६ हजार ४८३ रुपैयाँ जरिवाना र ६ महिना कैदको फैसला गरेको थियो ।

अदालतले उनलाई डिल्लीबजार कारागार चलान गरेको ब्युरोका प्रहरी उपरीक्षक शाहीले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij