२०८३ भाद्र २९ सोमबार

महालक्ष्मी विकास बैंकद्धारा “नेपाल दसैं अभियान २०२४” को विजेताहरु घोषणा

ई आर्थिक    आइतबार, चैत्र १० २०८१
6.1K
Shares
महालक्ष्मी विकास बैंकद्धारा “नेपाल दसैं अभियान २०२४” को विजेताहरु घोषणा

ई-आर्थिक, काठमाडौं । महालक्ष्मी विकास बैंकद्धारा डिजिटल बंैकिङ्गको प्रवर्धन तथा डिजिटल भुक्तानीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्धेश्य अनुरुप सञ्चालन गरेको “ नेपाल दसैं अभियान २०२४” को विजेताहरु घोषणा गरेको छ ।

नेपालीहरुको महान चाँड दसैंमा हुने आर्थिक कारोबारलाई डिजिटल भुक्तानीको माध्यमहरुबाट कारोबार गराउने तथा उपलब्ध डिजिटल भुक्तानीका माध्यमहरुको अधिकतम प्रयोग होस् भन्ने उद्धेश्य अनुरुप सञ्चालन गरिएको अभियान अन्तर्गत महालक्ष्मी भिसा कार्ड मार्फत कारोबार गरेका विजेताहरु घोषणा गरिएको हो । विजेतहरु क्रमश  नारायण कार्की र सन्तोष ध्वज कार्की रहनुभएको छ ।

यस अन्तर्गत विजेताहरुहरुले माल्दिभ्सको बाली वा श्रीलंकाको कोलम्बो मध्ये कुनै एक स्थानको विशेष भ्रमण गर्ने अवसर प्राप्त गर्नेछन् । नेपालभर बाट उक्त अभियानमा ग्राहकहरुको उल्लेख्य सहभागिता रहेको थियो । यस किसिमको अभियान बाट ग्राहकहरुको नविनतम भुक्तानीका माध्यमहरुको प्रयोग गर्ने चाहानालाई थप अभिवृद्धि गर्न सहयोग पु्ग्ने विश्वास बैंकले लिएको छ ।

महालक्ष्मी विकास बैंक यस अभियानमा जोडिनुभएका तथा विजेता बन्न सफल हुनुभएका प्रयोगकर्ताहरुलाई सम्रग बैंकको तर्फबाट हार्दिक आभार तथा बधाई ज्ञापन गर्दछ ।

बैंकले हालै ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको निति बमोजिम मोबाइल एप्लिकेसनलाई परिष्कृत गर्दै “महालक्ष्मी स्मार्ट साथी” सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij