२०८३ साउन १० आइतबार

एमाले पार्टीसँग नजिक रहेकाको उद्योग व्यवसायीको छाता संस्थाको नेतृत्व अवसर भगिरथ सापकोटालाई

ई आर्थिक    शनिबार, चैत्र ९ २०८१
7.2K
Shares
एमाले पार्टीसँग नजिक रहेकाको उद्योग व्यवसायीको छाता संस्थाको नेतृत्व अवसर भगिरथ सापकोटालाई

काठमाडौं । एमाले पार्टीसँग नजिक रहेकाको छाता संस्था नेपाल उद्योग तथा व्यवसायी महासंघको अध्यक्षमा भागिरथ सापकोटा चयन भएका छन् । महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनबाट सापकोटा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन् ।

यसअघि महासंघले महाधिवेशन आयोजक कमिटी घोषणा गर्दै सापकोटालाई संयोजकको जिम्मा दिएको थियो ।

उपाध्यक्षमा सुवर्ण श्रेष्ठ र शोभा गुरुङ, महासचिवमा बालकृष्ण शिवाकोटी, उपमहासचिवमा प्रकाश पौडेल, सचिवहरूमा डोलनाथ खनान, गोपाल खनाल, सरोज यादव र रामराजा श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यस्तै, ९९ सदस्यीय केन्द्रीय कमिटी पनि सर्वसम्मत भएको सापकोटाले जानकारी दिए ।

एजेन्डा, छलफल र व्यवसायका हिसाबमा आफूहरूको महाधिवेशन भव्य भएको नवनिर्वाचित अध्यक्ष सापकोटा बताउँछन् ।

नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशन
काठमाडौँ, ८ चैतः प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार नेकपा (एमाले)को जनसङ्गठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनमा सहभागी हुनुहुँदै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस

‘एजेन्डा, छलफल र व्यवसायको इन्भलमेन्टको हिसाब सबैले यो भव्य भयो । हामीले प्रधानमन्त्री, आर्थिक सल्लाहकार, उद्योगमन्त्रीसहितलाई यो हलमा ल्याएर व्यवसायीका अहिलेका समस्या के हुन्, कसरी जानुपर्छ भनेर पर्याप्त सुझाव दिएका छौं,’ उनले भने ।

महाधिवेशन उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली आफैं पुगेका थिए ।

एमाले पार्टीसँग नजिक रहेका देशभरका उद्योगी व्यवसायीहरू यस महासंघमा आवद्ध छन् । महासंघको ६५ जिल्लामा जिल्ला संघ र १२० नगरमा नगर संघको सञ्जाल रहेको छ ।

महासंघमा विभिन्न ११ वटा वस्तुगत संघमा समेत गरी कुल ७० हजारभन्दा बढी व्यवसायी संघसंस्थाहरू सदस्य रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij