२०८३ साउन ११ सोमबार

डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा पुन:सुयोग श्रेष्ठ चयन

ई आर्थिक    बिहिबार, चैत्र ७ २०८१
4.6K
Shares
डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा पुन:सुयोग श्रेष्ठ चयन

ई-आर्थिक, पोखरा । डेभलपमेण्ट बैँकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ पुनः अध्यक्षमा चयन भएका छन् ।  पोखरामा आयोजना गरिएको एशोसियसनको १९ औं वार्षिक साधारण सभाले सर्वसम्मत रुपमा  उनलाई अध्यक्षमा चयन गरेको हो ।

साथै एसोसियसनको उपाध्यक्षमा कामना सेवा विकास बैंकका दिनेश थकाली, सचिवमा गरिमा विकास बैंकका माधवप्रसाद उपाध्यक्ष र कोषाध्यक्षमा ज्योति विकास बैंकका कपिल ढकाल चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा लुम्बिनी विकास बैंकको नरेश सिंह बोहरा, साइन रेसुंगा डेभलपमेन्ट बेंकका प्रकाश पौडेल, महालक्ष्मी विकास बैंकको दिपेश लम्साल, ग्रिन डेभलपमेन्ट बैंकको हरिबहादुर बुढाथोकी र सप्तकोशी डेभलपमेन्ट बैंकका दिनेश पोखरेल चयन भएका छन् ।

एशोसियसनको १९ औं वार्षिक साधारण सभाले आ.व. २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन,अध्यक्षको प्रतिवेदन, आ.व. २०८१/८२ को अनुमानित आय ब्यय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij