२०८३ भाद्र ३० मंगलबार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको विलम्ब शुल्कमा शतप्रतिशत छुटको अफर

ई आर्थिक    बुधबार, चैत्र ६ २०८१
7K
Shares
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको विलम्ब शुल्कमा शतप्रतिशत छुटको अफर

ई-आर्थिक, काठमाडौं ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विलम्ब शुल्कमा शतप्रतिशत छुटको अफर सार्वजनिक गरेको छ। सीमित समयका लागि उपलब्ध यस अफर अन्तर्गत बीमा नवीकरण गर्दा विलम्ब शुल्क शून्य हुनेछ।

बीमितहरुले २०८१ चैत ३१ गतेसम्म मात्र यो विशेष छुटको फाइदा उठाउन सक्नेछन्। यो अफर महत्वपूर्ण रहेको छ किनभने यसले बीमा नवीकरणलाई अझ सरल र किफायती बनाउँछ।

ग्राहकहरूले इसेवा , खल्ती आईएमई पे र कनेक्ट आपीएस्  जस्ता अनलाइन भुक्तानी माध्यमबाट सजिलै शुल्क तिर्न सकिन्छ ।

एकपटक मात्र उपलब्ध यस विशेष छुटको फाइदा उठाएर आफ्नो बीमा सुरक्षित गर्न र भविष्यमा आउन सक्ने जुनसुकै समस्याबाट मुक्त हुन कम्पनीले आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij