२०८३ भाद्र ३० मंगलबार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त

ई आर्थिक    बुधबार, चैत्र ६ २०८१
5.9K
Shares
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त

ई-आर्थिक, काठमाडौं ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छिन् । बैंकको चैत ६ गते दिउँसो तीन बजे बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।

बैंकको ३८ औं वार्षिक साधारणसभाले संस्थापक शेयरधनी समूहबाट चार जना र सर्वसाधारण शेयरधनी समुहबाट दुई जना सञ्चालकको निर्वाचन गरेको थियो । संस्थापक समूहबाट पृथ्वी बहादुर पाँडे, प्रजन्य राजभण्डारी, मदन कुमार आचार्य र दिपंकर शाक्य उदय निर्वाचित भएका थिए । सर्वसाधारण शेयरधनीको समूहबाट कवि कुमार टिवरेवाला र शालिकराम बेलबासे निर्वाचित भएका थिए ।

स्वतन्त्र सञ्चालकको चयन सँगै बैंकको सञ्चालक समिति पूर्ण भएको छ । यो समिति मर्जर पछिको पहिलो निर्वाचिनबाट बनेको हो ।

पछिल्लो समय बैंकिङ प्रणालीमा देखिएका समस्याका कारण लाभांश दिन नसकिरहेको बैंकले यस वर्ष खराव कर्जा व्यवस्थापन गरेर आकर्षक लाभांश दिने योजना बनाएको छ ।

लामो समयदेखि लाभांश दिन नपाउदा बैंकको पूँजी भन्दा जगेडा कोष धेरै भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij