२०८३ साउन १० आइतबार

युवालाई स्वरोजगार बनाउन ५० दिने ‘प्लम्बिङ’ तालिम

ई आर्थिक    बुधबार, चैत्र ६ २०८१
6.9K
Shares
युवालाई स्वरोजगार बनाउन ५० दिने ‘प्लम्बिङ’ तालिम

 ई-आर्थिक, अर्घाखाँची । स्थानीय बेरोजगार युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले जिल्लाको सन्धिखर्क नगरपालिकामा सीपमूलक तालिम सुरु भएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कार्यस्थलमा आधारित सीप, क्षमता विकास र जीवन उपयोगीसम्बन्धी ५० दिनसम्म ‘प्लम्बिङ’ तालिम सुरु भएको हो।

आज यहाँ आयोजित एक समारोहका बीच सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठले तालिमको उद्घाटन गरे। तालिममा १२ वटा वडाका ४० जना सूचीकृत बेरोजगारमध्ये अधिकांश महिला रहेका उनले बताए।

बेरोजगारलाई स्वरोजगार र उद्यमी बनाउने, युवालाई रोजगारीका अवसर सृजना गरी वैदेशिक रोजगारीमा जान रोक्नेलगायत बजारको मागअनुसार दक्ष जनशक्ति तयार पार्न यो तालिम आयोजना गरिएको नगरप्रमुख श्रेष्ठले बताए। विदेशपलायन भइरहेका युवायुवतीलाई स्वदेशमा रोजगारीका अवसर सृजना गर्न सकियोस् भनेर यो तालिम आयोजना गरिएको उनको भनाइ छ।

बेरोजगारलाई उद्यमशीलतातर्फ उन्मुख गराउन, स्वरोजगार बनाउन र विदेश हुने पलायनदर रोक्न संघीय र प्रदेश सरकार तथा सबै पालिकाले यस्ता सीप तथा रोजगारमूलक तालिम आयोजना गर्न जरुरी रहेको नगरका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले बताए।

कार्यक्रममा सन्धिखर्क-१ का वडाध्यक्ष माधव श्रेष्ठ, वडा नं ९ का वडाध्यक्ष पदमबहादुर भुसालसहित स्थानीय तहका कर्मचारी तथा प्रतिनिधि, तालिममा सहभागी हुनेलगायतको उपस्थिति थियो। रास

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij