२०८३ साउन १० आइतबार

नमोबुद्धमा पर्यटन सूचना केन्द्र स्थापना, ३६ लाख लगानी

ई आर्थिक    शुक्रबार, चैत्र १ २०८१
6.7K
Shares
नमोबुद्धमा पर्यटन सूचना केन्द्र स्थापना, ३६ लाख लगानी

ई-आर्थिक, काभ्रेपलाञ्चोक ।  धार्मिक एवं पर्यटकीयस्थल नमोबुद्धमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ। कोरियाली अन्तरराष्ट्रिय सहयोग नियोग (कोइका)को सहयोगमा नमोबुद्ध नगरपालिका-१ मा केन्द्र स्थापना गरिएको हो।

केन्द्रमार्फत नमोबुद्ध क्षेत्र एवं नगरका बारेमा जिज्ञासुलाई जानकारी दिइने छ। केन्द्र निर्माणका लागि कोइकाले २६ लाख र नमोबुद्ध नगरपालिकाले १० लाख रुपैयाँ लगानी गरेका नगरप्रमुख कुन्साङ लामाले बताए।

केन्द्रसँगै स्थानीयस्तरमा उत्पादित जैविक सागसब्जी बिक्रीकक्ष पनि स्थापना गरिएको छ।

धार्मिक आस्थाको प्रतीक नमोबुद्ध पछिल्लो समय नयाँ पुस्ताका लागि मनोरञ्जन, घुमफिर तथा पिकनिकको उत्कृष्ट गन्तव्य बन्दै गएको छ। काठमाडौंबाट ४० किमी पर रहेको नमोबुद्ध पुग्न बनेपा हुँदै धुलिखेल र पनौतीबाट जाने दुई मध्ये कुनै एक बाटो छनोट गर्न सकिन्छ। जहाँबाट गए पनि काठमाडौंको कोटेश्वरबाट झण्डै सवा एक घण्टा समय लाग्छ।

प्राकृतिक सौन्दर्य र सांस्कृतिक महत्त्वले भरिएको नमोबुद्धमा पर्यटकले शान्त परिवेशमा हिमाल, हरियाली डाँडाकाँडा, ऐतिहासिक चैत्य र गुम्बाको कलात्मकता हेर्न सक्छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij