२०८३ साउन १२ मंगलबार

ग्रीन डेभलपमेण्ट बैंकको सीईओमा हरि बहादुर बुढाथोकी पुनः नियुक्त

ई आर्थिक    बुधबार, फाल्गुन २८ २०८१
4.9K
Shares
ग्रीन डेभलपमेण्ट बैंकको सीईओमा हरि बहादुर बुढाथोकी पुनः नियुक्त

ई-आर्थिक, काठमाडौं । ग्रीन डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हरि बहादुर बुढाथोकी पुनः नियुक्त भएका छन्  ।

मंगलवार बसेको बैंकको संचालक समितिको बैठकले बुढाथोकीलाई पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई चैत १ गतेदेखि लागु हुने गरी आगामी ४ वर्ष कार्यकालको लागी पुनः नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ ।

त्रिभुवन विश्व विद्यालयवाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका बुढाथोकीसँग बैंकिङ्ग क्षेत्रमा दुई दशक बढीको कार्य अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij