२०८३ साउन ११ सोमबार

बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ

ई आर्थिक    सोमबार, फाल्गुन २६ २०८१
5.5K
Shares
बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ

ई-आर्थिक, काठमाडौं । नेपाल प्रहरीले बैंकिङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादीहरू पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो  । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ बस्ने ४३ वर्षीय सुनिल दवाडी र सिन्धुली दुधौली नगरपालिका-७ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका-३ बस्ने ३८ वर्षीय सुरेन्द्र घिमिरे रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनिललाई ललितपुर, ललितपुर महानगरपालिका-५ भनिमण्डलबाट पक्राउ गरेको थियो भने  सुरेन्द्रलाई काठमाडौं महानगरपालिका-२६ सामाखुसीबाट पक्राउ गरेको हो ।

पक्राउ मध्ये सुनिललाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि प्रहरी वृत्त कालिमाटी र सुरेन्द्रलाई प्रहरी वृत्त जनसेवा काठमाडौं पठाइएको प्रहरीले जानकारी  दियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij