ई–आर्थिक, काठमाडौं । नेपालका बचत तथा ऋण सहकारी अभियानको एक ‘अविभावक’ कैलाशभक्त प्रधानाङ्गको निधन भएको छ । ८७ बर्षको उमेरमा शुक्रबार राति ११ः३० बजे भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
प्रधानाङ्ग बचत तथा ऋण सहकारी अभियानका इतिहास हुन् । २०५० फागुन ३ गतेदेखि २०६४ मंसिर १४ गतेसम्म लगातार १४ वर्ष नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का को अध्यक्षमा रहेर बचत तथा ऋण सहकारी अभियानको नेतृत्व प्रदान गरेका उनलाई बचत तथा ऋण सहकारी अभियानमा ‘अविभावक’ का रुपमा लिने गरिन्थ्यो ।
प्रधानाङ्ग भक्तपुरमा सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत थिए ।