२०८३ भाद्र २६ शुक्रबार

सहकारी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्ने माग

ई आर्थिक    बिहिबार, फाल्गुन २२ २०८१
4.7K
Shares
सहकारी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्ने माग

ई-आर्थिक, काठमाडौं । सहकारी बचतकर्तासँग सम्बन्धित विभिन्न नौवटा संघसस्थाले बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गर्नुपर्ने माग गरेका छन्।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ), लघुवित्त तथा वित्तिय शोषणविरुद्धको संघर्ष समिति, सत्य र न्यायको खोजी अभियानलगायत संघसंस्थाले आज यहाँ संयुक्त रूपमा पत्रकार सम्मेलन गरी बचतकर्ताको रकम यथाशीघ्र फिर्ता गरी रकम अपचलन गर्ने सञ्चालनकलाई कानूनबमोजिम कारबाही गर्नुपर्ने माग गरेका हुन्।

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)का अध्यक्ष कुशलभ केसीले वर्षौँसम्म वित्तिय शोषण गर्ने सहकारी संस्थालाई कारबाही गर्दै पीडित सर्वसाधारणलाई न्याय दिने विषयमा सरकारले ढिला गर्न नहुने धारणा राखे।

लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले पीडित न्यायका लागि निरन्तर संघर्षमा रहँदा पनि सरकारले न्यान दिन ढिलाइ गरिरहेको आरोप लगाए।

वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले पीडितको न्यायका लागि सरकारले आवश्यक रकमको कोष खडा गरेर उनीहरूलाई भुक्तानी गर्ने र अपचलन गर्ने संस्था तथा व्यक्तिलाई कारबाहीको दायरामा ल्याएर असुल गर्न सकिने सुझाव दिए।

वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनका संयोजकले मिटरब्याजी समस्या समाधानका लागि सरकारसँग माग गरे। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij