२०८३ साउन ९ शनिबार

सरकार र ग्यास उद्योगीबीच ५ बुँदे सहमति, बढेको १२ रुपैयाँ ७५ पैसा कमिसनको भार उपभोक्तालाई नपर्ने

ई आर्थिक    मंगलबार, फाल्गुन २० २०८१
7.1K
Shares
सरकार र ग्यास उद्योगीबीच ५ बुँदे सहमति, बढेको १२ रुपैयाँ ७५ पैसा कमिसनको भार उपभोक्तालाई नपर्ने

ई-आर्थिक, काठमाडौं । सरकार र ग्यास उद्योगीहरुबीच सहमति भएको छ ।   ग्यास उद्योगीहरूको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघ र सरकारबीच भएको वार्तामा सहमति जुटेको हो । ग्यास उद्योगीहरुले  सहमतिसँगै  आन्दोलन स्थगित गरेका छन् ।

संघ र सरकारबीच ५ बुँदे सहमति भएसंगै ग्यासको मूल्य बढ्ने सहमति भएको छ ।  ग्यासमा १२ रुपैयाँ ७५ पैसा बढाउने सहमति भएको छ  । यो सँगै अब ग्यासको मुल्य प्रतिसिलिन्डर १९ सय २२ रुपैयाँ ७५ पैसा पुगेको छ । हाल ग्यासको मुल्य १९ सय १० रहेको छ ।

मिति २०८१ फागुन १८ गते बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले ग्यास उद्योगहरूको वाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको खर्चमा प्रतिसिलिन्डर १२ रुपैयाँ ७५ पैसाले वृद्धि गरेको विषयमा नेपाल एलपी ग्यास उद्योग संघका पदाधिकारीहरूलाई जानकारी गराइयो  थियो ।

निगम सञ्चालक समितिको मिति २०८१ फागुन १८ गतेको निर्णय अनुसार एलपी ग्यास उद्योगको खर्चमा समायोजन गरिएपछि पनि मुनाफा प्रतिशतमा हुनुपर्ने मागलाई निरन्तरता दिई मिति २०८१ फागुन १८ गतेदेखि ग्यास उद्योगीहरूले निगमबाट पीडीओ नउठाएको र सो कारणले बजारमा एलपी ग्यास आपूर्ति असहज बन्न थालेको परिस्थितिलाई मध्यनजर गर्दै हाल ग्यास उद्योगीलाई दिइँदै आएको मुनाफा प्रतिसिलिन्डर फ्ल्याट रकममा प्रदान गर्ने वा निश्चित प्रतिशतमा प्रदान गर्ने भन्ने सम्बन्धमा निगमले उपसमिति बनाइ अध्ययन कार्य अगाडि बढाउने सहमति भएको छ ।

नेपाल एलपी ग्यास उद्योग संघले राखेका माग माथि उल्ललेख भए बमोजिम सम्बोधन गर्ने सहमति भएकाले नेपाल एलपी ग्यास उद्योग संघले हाल जारी राखेको विरोधका सम्पूर्ण कार्यक्रम आजदेखि फिर्ता लिने र आजदेखि नै सबै ग्यास उद्योगीले निगमबाट नियमित पीडीओ लिई एलपी ग्यास आपूर्ति सहज बनाउने सहमतिमा उल्लेख छ ।

सरकार र उद्योगीबीच सहमती

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij