२०८३ साउन १० आइतबार

टिकाथलीमा पानीको बोरिङ खन्दा निस्केको आगो नियन्त्रण आयो

ई आर्थिक    मंगलबार, फाल्गुन २० २०८१
3.8K
Shares
टिकाथलीमा पानीको बोरिङ खन्दा निस्केको आगो नियन्त्रण आयो

ई-आर्थिक, ललितपुर । ललितपुरको टिकाथलीमा पानीको बोरिङ खन्दा आगोको मुस्लिो नियन्त्रण आएको छ ।

टिकाथली र चांगाथलीबीचको गोदावरी खोला नजिक बोरिङ खन्ने क्रममा आगो निस्किएको थियो  । उक्त बोरिङ खन्ने क्रममा तीनसय मिटर मुनिबाट आगोको ज्वाला निस्किएको हो ।

पानी ट्यांकी राख्न माटो खनेर सकिएपछि मेशिन फिट वाईलिङ् गर्ने क्रममा निस्किएको स्थानीयले जानकारी दिएका छन् । उक्त आगोलाई बिहानदेखि नै निभाउने प्रयास गरिएको थियो ।

स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरेका थिए । ललितपुर प्रहरी परिसरले यस विषयमा सिनियर टोली पठाएर बुझ्ने पठाएको जानकारी दिएको छ ।

आगो नियन्त्रणमा आए पनि यो ठाउँमा ग्यास भने अझै निस्किइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij