२०८३ साउन १० आइतबार

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध,जनजीवन प्रभावित

ई आर्थिक    शुक्रबार, फाल्गुन १६ २०८१
5.8K
Shares
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध,जनजीवन प्रभावित

ई-आर्थिक, बागलुङ ।  वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङखण्ड अवरुद्ध भएको छ । सडकमा जमेको बाक्लो हिउँका कारण लोकमार्गअन्तर्गत बागलुङको निसीखोला–पूर्वी रुकुमखण्ड अवरुद्ध भएको हो ।

निसीखोला गाउँपालिका–६, पातीहाल्नेमा डेढ फिट हिउँ परेको छ । सडक अवरुद्ध हुँदा पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, डोल्पालगायत स्थानबाट सञ्चालन हुने सवारीसाधन ठप्प भएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिए । शुक्रबार (फागुन १६) बिहानदेखि वर्षा र हिमपात भइरहेको उनले बताए ।

“बिहानैदेखि वर्षा भएको थियो । अहिले हिमपात भइरहेकाले तत्कालै सडक खुलाउन सकिने अवस्था छैन ।  हिमपात रोकिएर घाम लाग्यो भने मेसिन प्रयोग गरेर सडक खुलाउनुपर्छ । बिहान काठमाडौंदेखि आएका रात्रि बस सञ्चालन भए पनि अहिले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुन सकेका छैनन्,” अध्यक्ष घर्तीमगरले भने ।

नेपालको एक मात्र ढोरपाटन सिकार आरक्षको माथिल्लो भेगमा पनि बाक्लो हिमपात भएको छ । बिहानैदेखिको हिमपातका कारण जनजीवन प्रभावित भएको ढोरपाटन नगरपालिका–९ का स्थानीय चकबहादुर अदैले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij