२०८३ साउन १० आइतबार

गरिमा विकास बैंक ‘दि एचआरएम कर्पोरेट एक्सीलेन्स २०२४’ अवार्डबाट सम्मानित

ई आर्थिक    बिहिबार, फाल्गुन १५ २०८१
5.1K
Shares
गरिमा विकास बैंक ‘दि एचआरएम कर्पोरेट एक्सीलेन्स २०२४’ अवार्डबाट सम्मानित

ई-आर्थिक, काठमाडौं ।  गरिमा विकास बैंक लिमिटेड ‘दि एचआरएम कर्पोरेट एक्सीलेन्स २०२४’ अवार्डबाट सम्मानित भएको छ । गरिमा विकास बैंक  कर्पोरेट क्षेत्रमा प्रतिष्ठित दि एचआरएम कोर्पोरेट एक्सीलेन्स २०२४’ अवार्डबाट (‘the HRM Awards for Corporate Excellence 2024’} सम्मानित भएको हो  ।

कर्पोरेट क्लब नेपालले वार्षिक रुपमा आयोजना गर्दै आएको यस अवार्ड समारोहमा यस वर्ष २२ वटा विभिन्न विधामा अवार्ड वितरण भएकोमा यस विकास बैंकलाई ‘Corporate Excellence 2024 in Development Bank, Regional Bank and Finance Company’ (विकास बैंक, क्षेत्रीय बैंक र वित्त कम्पनीमा कर्पोरेट उत्कृष्टता २०२४)विधामा उक्त अवार्डबाट सम्मानित गरिएको हो ।

कार्यक्रममा  गृहमन्त्री  रमेश लेखकको प्रमुख  आतिथ्यमा २०८१ फागुन १३ गते मंगलबार द प्लाजा, ललितपुरमा आयोजना भएको उक्त अवार्डको जुरी मेम्बरमा प्रो. डा.  फत्त बहादुर के.सी. (जुरी चिफ),  सशिन जोशी सहित विभिन्न वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थिति रहेको थियो । साथै  हाल अध्यक्ष, फोनपे पेमेन्ट सोलुसन प्रा.लि.,  सरिता अधिकारी (पूर्व डाईरेक्टर, नेपाल राष्ट्र बैंक) र दिल भुषण पाठक (वरिष्ठ पत्रकार) रहेका थिए ।

यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यलाई थप टेवा पु¥याएको छ भने आगामी दिनहरुमा थप गुणस्तरीय एवं ग्राहकमैत्री बैंकिङ सेवा प्रवाह गरी बैंकलाई थप सवल बनाउन उत्प्रेरित र उत्तरदायी बोध गराएको छ ।

यस खुसीको अवसरमा यस विकास बैंकलाई निरन्तर साथ, सहयोग एवं माया गर्नुहुने सम्पूर्ण ग्राहक महानुभावहरु, शेयरधनी महानुभावहरु, सरोकारवालाहरु, नियमनकारी निकायहरु एवं शुभचिन्तकहरु प्रति हार्दिक कृतज्ञता व्यक्त बैंकले गरेको छ ।

हाल गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५० एटिएम साथै नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij