२०८३ साउन १२ मंगलबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पौने चार किलो सुनसहित चार जना पक्राउ

ई आर्थिक    बिहिबार, फाल्गुन १५ २०८१
3.4K
Shares
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पौने चार किलो सुनसहित चार जना पक्राउ

ई-आर्थिक, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पौने चार किलो सुनसहित चार जनालाई पक्राउ गरेको छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पौने ४ किलो सुनसहित ४ जना विदेशी नागरिकहरु पक्राउ परेका हुन्  । पक्राउ पर्नेमा तीन महिला र एक पुरुष रहेका छन् ।

पक्राउ परेकाहरु उज्बेकिस्तानका  रहेका छन्  ।  फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । उनीहरुमाथि अनसुन्धान भइरहेको छ ।

बुधबार राति फ्लाइ दुबईबाट नेपाल आएका उज्बेकिस्तान नागरिकले मलद्वारमा लुकाएर ल्याएको तीन किलो ७४५ ग्राम सुनसहित उनीहरूलाई पक्राउ गरेको प्रहरीले  बताएको छ ।

तीन महिलाले मलद्वारमा डल्लो बनाएर ल्याएका थिउ तर पुरूषको साथबाट भने केही बरामद नभएको प्रहरीले बताएको छ। उनीहरूमाथि अनुसन्धान  भइरहेको  प्रहरीले बतायो ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij