२०८३ साउन १२ मंगलबार

नेपाल प्रहरीले गर्‍यो एक महिनामै ५२ करोड ४७ लाख राजस्व संकलन

ई आर्थिक    मंगलबार, फाल्गुन १३ २०८१
3.2K
Shares
नेपाल प्रहरीले गर्‍यो  एक महिनामै ५२ करोड ४७ लाख राजस्व संकलन

ई-आर्थिक, काठमाडौं । नेपाल प्रहरीले विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका क्रममा एकै महिनामा ५२ करोड ४७ लाख रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले गत माघमा देशभरबाट ५२ करोड ४७ लाख ६ हजार आठसय ७९ रूपैयाँ राजस्व संकलन गरेको जानकारी दिए।

सबैभन्दा बढी अदालती फैसला कार्यान्वयनमा राजस्व संकलन गरिएको छ। फरार अपराधी पक्राउलगायतबाट मात्रै २३ करोड ९२ लाख ९१ हजार रूपैयाँभन्दा बढी राजस्व संकलन गरिएको छ। यो कुल राजस्व संकलनको ४५ प्रतिशतभन्दा बढी हो।

त्यसपछि भन्सार छलिका मालसामान बरामदबाट १६ करोड २७ लाख रूपैयाँ राजस्व संकलन गरिएको छ। त्यसैगरी ट्राफिक कारबाहीबाट नौ करोड ५९ लाख रूपैयाँ, अवैध सुन चाँदी बरामदबाट एक करोड रूपैयाँ, हुण्डी कारोबार गर्नेबाट ३७ लाख रूपैयाँ राजस्व संकलन गरिएको प्रवक्ता आचार्यले बताए।

उनका अनुसार स्रोत नखुलेको रकम ८१ लाख रूपैयाँ, अवैध नदीजन्य पदार्थ उत्खनन् नियन्त्रणका क्रममा २२ लाख ५३ हजार रूपैयाँ, अवैध काठ बरामदबाट आठ लाख ९१ हजार रूपैयाँ र अवैध पशुपक्षी नियन्त्रणबाट १५ लाख ७१ हजार रूपैयाँ राजस्व संकलन भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij