लक्ष्मण फुयाल, काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्ने निक्षेप संकलन अर्थात प्रशोचन गरिरहेको हुन्छ । राष्ट्र बैंकले फागुन ११ गते ३० अर्ब प्रशोचन गरेको थियो । बैंक तथा वित्तिय क्षेत्रमा लगानी नभएर बसेको तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बेला बेलामा तरलता प्रशोचन तथा तरलता पठाउने वा प्रवाह गरिरहेको हुन्छ । राष्ट्र बैंकले बजारमा पैसाको मात्रा धेरै हुदा प्रशोचन गर्ने गर्दछ भने बजारमा पैसा कम हुदा तरलता पठाउने वा प्रवाह गरेर वित्तिय सन्तुलन कायम गरेको हुन्छ ।
बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्षको सुरुवातबाट नै केन्द्रीय बैंकले निरन्तर तरलता खिच्दै आएको केन्द्रीय बैंकले जनाएको छ । बैंकिङ प्रणालीमा निक्षेपको तुलनामा कर्जा विस्तार कम हुँदा अधिक तरलता देखिदै आएको बैंकरहरु बताउछन् । गत आवबाट नै निरन्तर अधिक तरलता भएपछि ब्याजदर करिडोरको तल्लो सीमा निक्षेप संकलन दरमा केन्द्रीय बैंकले तरलता खिचिरहेको देख्निन्छ ।
तरलता व्यवस्थापन गर्नु राष्ट्र बैंकको नियमित कार्य हो । तरलता व्यवस्थापनका माध्यमबाट आर्थिक स्थायित्व,आर्थिक विकासलाई सहयोग राष्ट्र बैंकको उद्देय रहेको हुन्छ ।चालु आर्थिक वर्षको २०८१/२०८२ फागुन ११ गते राष्ट्र बैंकमा बैंक तथा वित्तिय संस्थाहरुको पूँजी १४ हजार ४८० करोड अर्थात १४ खर्ब ४८ अर्ब रूपैया तरलता मौज्जात रहेको राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागको सहायक निर्देशक रोजिना सिवाकोटीले इ-आर्थिकलाई जानकारी दिइन् ।
‘राष्ट्र बैंकमा पैसा आउने जाने फिर्ता हुने प्रकृया भैरहेको हुन्छ। विगतमा पहिला पहिला तरलता धैरै पनि हुने गरेको थियो । चालु आव लागेपछि राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न बजारमा तरलता पठाउनु परेको छैन । निरन्तर तरलता प्रशोचन गर्दै आएको छ’ राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागको सहायक निर्देशक सिवाकोटी बताउछिन् ।
राष्ट्र बैंकले तरलता प्रशोचन गर्दा अन्य बैंक तथा वित्तिय संस्थाहरुले लगानी अनुसारको व्याज पाउछन् । कुनै कुनै समयमा हामीले मागेजति तरलता बैंक तथा वित्तिय संस्याहरुले दिदैनन् कुनै बैला बैंक तथा वित्तिय संस्थाले हालेको तरलता राष्ट्र बैंकले पनि नदिन सक्छ । उनले भनिन् ।
पछिल्लो समयम बैंकिङ तरलता अधिक भए पनि त्यसलाई व्यवस्थापन गर्नु चुनौतीपूर्ण बन्दै गएको छ । बैंकिङ प्रणालीमा बढी भएको तरलता केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरण मार्फत प्रशोचन गर्दै आएको छ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा चाहिने तरलता पठाउने, अधिक भएको समयमा प्रशोचन गर्ने कार्य खुला बजार कारोबार हो । राष्ट्र बैंकले बोलकबोल माध्यम र निक्षेप संकलन दरमा पनि राष्ट्र बैंकले तरलता प्रशोचन गर्छ ।
‘राष्ट्र बैंकले नाफा फाइदा वा घाटा हेर्ने होइन् राष्ट्र बैंकले आर्थिक सन्तुलन कायम गराउने हो । आर्थिक क्षेत्रमा पैसाको धेरै फ्लो भैरहेको छ भने यसलाई कन्ट्रोल गराउने काम राष्ट्र बैंकको हो । राष्ट्र बैंकले फाइदा भन्दा पनि आर्थिक समुन्नतको लागि आर्थिक क्षेत्रमा भएको पैसालाई ल्याएर व्याजदर तथा तरलता व्यवस्थापन गराउने काम राष्ट्र बैंकको हो ।’ सहायक निर्देशक सिवाकोटीको भनाइ रहेको छ ।
राष्ट्र बैंकले तरलता खिच्नुको कारण
राष्ट्र बैंकले बजारबाट तरलता व्यवस्थापन गर्न पैसा खिचिरहेको राष्ट्र बैंकका सहायक सूचना अधिकारी तथा उप-निर्देशक डा.भागवत आचार्य बताउछन् ।
बजारमा आर्थिक रुपमा वस्तु तथा सेवाको उत्पादन वा उपलव्धता भन्दा बढि पैसा भयो भने यसले अनावश्यक रुपमा मूल्य बृद्धी हुन्छ । कम भएमा अनावश्यक मूल्य बृद्धी घट्न जान्छ । यसबाट उत्पादकहरुलाई घाटा लाग्ने हुन्छ । त्यसैले उपयुक्त स्तरमा तरलता व्यवस्थापन गर्नुपर्ने हुन्छ । यो दायित्वलाई राज्यले मुलुकको केन्द्रीय बैंकको हैसियतले नेपाल राष्ट्र बैंकलाई दिएको छ । सोही अनुसार नेपाल राष्ट्र बैंकले तरलताको अवस्था हेरेर प्रशोचन गर्ने वा प्रभाह गर्ने काम गर्छ । मूल्य बृद्धीलाई र मूल्य स्तरलाई वान्छित सीमाभित्र राख्नकालागि गरिने उपाय हो आचार्यले इ-आर्थिकलाई जानकारी दिए।
बैंकिङ क्षेत्रमा नाफा वा घाटा
‘नेपाल राष्ट्र बैंकले आफ्नो आम्दानीबाट बैंक तथा वित्तिय संस्थाहरुमा प्रशोचन गर्दा यिनीहरुलाई व्याज तिर्नुपर्छ । यसबाट नेपाल राष्ट्र बैंकलाई घाटा लाग्छ । घाटा लागेपनि मुलुक ठूलो कुरा हो जनताहरुको सुख सुविधा तथा निर्वाधरुपमा आर्थिक क्रियाकलाप सञ्चालन हुनुपर्छ भन्ने विषय ठूलो कुरा हो । तरलता व्यवस्थापनको उपायको रुपमा प्रशोचन प्रक्रिया आएको हो । यसरी बजारबाट तरलता खिचिरहेको अवस्था हो ‘ उनले भने ।
बजारबाट पैसा खिचेको खिचै तथा खिच्ने प्रकृया बढिरहेको अवस्था रहेको छ । बजारबाट आर्थिक व्यवस्थापन गर्दा प्रशोचनमा बैंक तथा वित्तिय संस्थाहरुलाई व्याज तिर्नुपर्छ । राष्ट्र बैंकबाट पैसा प्रभाह गर्दा वित्तिय संस्थाबाट व्याज लिन्छ ।
तरलताको प्रभाव बैंक तथा वित्तिय संस्थामा
बैंक तया वित्तिय संस्याहरुको लगानी नभएको तरलता राष्ट्र बैंकमा लिने हो । लगानी नहुदा बैंक तथा वित्तिय संस्थाहरुलाई घाटा भैरहेको हुन्छ । लगानी नभएको पैसा राष्ट्र बैंकबाट लिदा उनीहरुलाई केहि हदसम्म राहत हुन्छ । बजारमा अनावश्यक मूल्य बृद्धी नहोस् भन्न बजाबाट पैसा खिच्ने हो ।
‘मूल्य बृद्धीलाई कुनै एउटा वान्छित सीमामा राख्नकालागि धेरै मूल्य बृद्धी भएका मुलुक अस्थिरतामा जान्छ त्यसलाई बचाउन नेपाल राष्ट्र बैंकले तरलता प्रशोचन गर्ने गर्छ । बैंक तथा वित्तिय संस्थामा धेरै भएको पैसा नेपाल राष्ट्र बैंकले खिच्ने हो । ‘ राष्ट्र बैंकका सहायक सूचना अधिकारी आचार्यले बताए ।
तरलता प्रशोचनको अवस्था
चालु आर्थिक वर्षको ८ महिनामा साउन २ गतेदेखि फागुन ११ गतेसम्म राष्ट्र बैंकले ५१ पटक बजारबाट निक्षेप खिचेको थियो । राष्ट्र बैंकले २७१००० करोड अर्थात २७ खर्ब १० अर्ब बजारबाट प्रशोचन गर्दा बैंक तथा वित्तिय संस्थाहरुबाट १८६९३०करोड अर्थात १८ खर्ब ६९ अर्ब ३० करोड बोलकबोल रकम हालेका थिए । वित्तिय संस्थाहरुले बोलकबोल मार्फत २.८१ देखि ३ प्रतिसत सम्म व्याज पाएका थिए ।
राष्ट्र बैंकले फागुन ११ गते ३० अर्ब, फागुन ६ र ३ गते ४०/४० अर्ब गरी १ खर्ब १० अर्ब पैसा खिचेको थियो । बैंकिङ प्रणालीमा निक्षेपको तुलनामा कर्जा विस्तार कम हुँदा अधिक तरलता देखिदै आएको बैंकरहरु बताउछन् । राष्ट्र बैंकमा बैंक तथा वित्तिय संस्थाहरुले तरलता प्रशोचन गर्दा बैंकहरुले बैंकमा थुपरिएको पैसालाई बोलकबोल मार्फत राष्ट्र बैंकमा लगानी गर्छन् ।
‘राष्ट्र बैंकले बोलकबोल गरेको निक्षेप बैंक तथा वित्तियसंस्थाहरुले लगानी गर्दा तोकिएको दिनभएपछि निश्चित व्याज पाउछन् । राष्ट्र बैंकले तोकेको व्याजका अधारमा व्याजदर पाउछन् । उनीहरुलाई आवश्यक व्याजदर बिड गर्ने हो बिडका आधारमा उनीहरुलाई व्याजदर दिइन्छ । बैंक तथा वित्तिय संस्थाहरुले फाइदा भएरै राष्ट्र बैंकमा पैसा राख्छन्।’ उनले जानकारी दिइन् ।

