२०८३ साउन १० आइतबार

केबलकार विवादमा अराजकता बढेसंगै ताप्लेजुङमा लगाइयो निषेधाज्ञा

ई आर्थिक    आइतबार, फाल्गुन ११ २०८१
4.6K
Shares
केबलकार विवादमा अराजकता बढेसंगै ताप्लेजुङमा लगाइयो निषेधाज्ञा

ई-आर्थिक, ताप्लेजुङ ।  पाथीभरा केबलकार विवाद बढ्दै जादा ताप्लेजुङ जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । पाथीभरा क्षेत्रमा केबलकार निर्माणका क्रममा अराजकता बढेको भन्दै प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिबार मध्यरातमा सूचना जारी गर्दै निषेधाज्ञा लागू गरेका हुन् ।

केबलकार बिरोधका नाममा आन्दोलन अराजकता बढेपछि आज बिहान ५ बजेबाट लागु हुनेगरी जिल्ला सुरक्षा समितिको बैठकले फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो।

नो केबलकार पक्षको पदयात्राका क्रममा शनिबार साँझ फुङलिङ बजारको वीरेन्द्र चोकमा प्रहरीसँग झडप भएको थियो। यता एस केबलकार पक्षले पनि विरोध जुलुस निकाल्ने तयारी गरेपछि निषेधाज्ञा जारी गरेको हो।

जिल्ला प्रशासनका अनुसार प्रदर्शन र जुलुसका कारण स्थानीय स्तरमा प्रतिकूल स्थिति सिर्जना भइ शान्ति सुरक्षा भंग हुन सक्ने परिस्थिति देखिएपछि शनिबार राति बसेको जिल्ला सुरक्षा समितिको बैठकले निषेधाज्ञा जारी गरेको हो।

प्रशासनले निषेधाज्ञा जारी भएको क्षेत्रमा पाँचजनाभन्दा बढी व्यक्ति भेला भएर सभा, जुलुस, प्रदर्शन गर्न पनि रोक  लगाएको  सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij