२०८३ साउन १० आइतबार

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बिक्री खु्ल्ला

ई आर्थिक    आइतबार, फाल्गुन ११ २०८१
6.7K
Shares
नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बिक्री खु्ल्ला

ई-आर्थिक, काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले  आज फागुन ११ गते देखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गरेको छ ।  आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्काशन गरेको  ।

कम्पनीले  १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको बताएको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिन सकिनेछ भने  अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन  पाइन्छ ।

कम्पनीको शेयस फागुन  १५ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्। सो अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि फागुन २५ गतेसम्म लम्बिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij