२०८३ साउन १२ मंगलबार

आजदेखि भृकुटीमण्डपमा नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी

ई आर्थिक    बिहिबार, फाल्गुन ८ २०८१
3.7K
Shares
आजदेखि भृकुटीमण्डपमा नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी

ई-आर्थिक, काठमाडौं । काठमाडौँको भृकुटीमण्डपमा १०औँ नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी भएको  छ।आज  ८ फागुन देखि ११ गतेसम्म चल्ने प्रदर्शनीमा विभिन्न देशका ३ सयभन्दा बढी कम्पनीहरुका १५० बढी स्टल रहेका छन् ।

प्रदर्शनीमा निर्माण सम्बन्धी उद्योग, कम्पनी, डिलर तथा सब डिलरहरु र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने प्रदर्शनी र स्टलहरु रहने मिडिया स्पेश सोलुसन्स प्रालिका प्रबन्ध निर्देशक सिर्जल भट्टराईले जानकारी दिए ।

उनका अनुसार निर्माण क्षेत्रमा आएका नयाँ नयाँ प्रविधिको बारेमा जानकारी गराउने उद्देश्यले प्रदर्शनी गर्न लागिएको हो । अन्तर्राष्ट्रिय प्रदर्शनीमा कन्स्ट्रक्सन मेटेरियल्स, कन्स्ट्रक्शन मेसिनरी, प्रिफ्याब स्ट्रक्चर, युपिभिसी विन्डोज मेसिनरी, युपिभिसि प्रोफाइल, डोर्स एण्ड विन्डोज, आर्किटेक्चर हार्डवेयर,बाथरुम फिटिङ्स, पाइप, टायल्स एण्ड स्यानिटरी वायर, रफिङ, प्रि इन्जिनियरिङ बिल्डिङ, पावर टुल्स, विन्डोज लगायतका सामग्रीहरु रहनेछन् ।

मिडिया स्पेस सोलुसन्स प्रा।लि। र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा।लि।ले संयुक्त रूपमा आयोजना गरेको प्रदर्शनीले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरु र नवीनतम प्रविधि प्रमुख आकर्षण हुने विश्वास लिएको प्रवन्ध निर्देशक भट्टराईले बताए ।

उनले प्रदर्शनी बहान १० बजेदेखि बेलुका ६ बजेसम्म हुने र ४ दिन सञ्चालन हुने जानकारी दिए । प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको र ४ दिनमा ४५ हजार जनाले अवलोकन गर्ने विश्वास लिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij