२०८३ भाद्र २६ शुक्रबार

नागरिक उडड्यन प्राधिकरण कर्मचारी संघको चुनावी मैदानमा पाँच संगठन, तीन संगठनबीच प्रतिस्पर्धा हुने

ई आर्थिक    बुधबार, फाल्गुन ७ २०८१
12.8K
Shares
नागरिक उडड्यन प्राधिकरण कर्मचारी संघको चुनावी मैदानमा पाँच संगठन, तीन संगठनबीच प्रतिस्पर्धा हुने

ई–आर्थिक, काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरणको आधिकारिक कर्मचारी युनियनको निर्वाचनमा पाच वटा कर्मचारी संघ सङ्गठनहरु प्रतिस्पर्धामा रहेका छन् । उक्त सङ्घठनहरु मध्य तीन संगठनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । जसमा लोकतान्त्रिक कर्मचारी संघ अगाडि रहेको छ ।

निर्वाचनको मिति नजिकिएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणमा चुनावि सरगर्मी बढेको छ ।

उक्त निर्वाचनमा विभिन्न राजनीतिक दलमा आबद्ध कर्मचारीका छाता संगठनहरु चुनाबी मैदानमा उत्रिएका छन् । जसमा नेपाली काँग्रेस निकट लोकतान्त्रिक कर्मचारी संघ, नेकपा एमाले निकट कर्मचारी संगठन, माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठन मुख्य प्रतिस्पर्धीका रुपमा चुनावी मैदानमा छन् । त्यसैगरी मधेश तराई कर्मचारी युनियन, कर्मचारी एकता मञ्च नामका मधेश केन्द्रीत दल निकट कर्मचारीहरु संगठनहरु पनि चुनावी मैदानमा उत्रिएका छन् ।

लोकतान्त्रिक कर्मचारी संघको नेतृत्व गणेशप्रसाद भुसालले गरिरहेका छन् भने कर्मचारी संगठनको नेतृत्व मीनप्रसाद खनाल र राष्ट्रिय कर्मचारी संगठनको नेतृत्व सुवास कोइरालाले गरेका छन् । त्यसैगरी मधेश तराई कर्मचारी युनियनको नेतृत्व अनिल गुप्ताले र कर्मचारी एकता मञ्चको तर्फबाट रतन दासले नेतृत्व गरिरहेका छन् ।

देशभर रहेका ७ तह मुनिका ६१३ मतदाताले मतदान गर्ने भएका छन् । नेपाल सरकारको श्रम तथा रोजगार कार्यालयले निर्वाचन गराउने भएको हुँदा देशभरका सबैजसो मतदाताले निर्वाचनमा मतदान गर्ने विश्वास बढेको मतदाताहरूसँग गरेको सर्वेक्षणबाट पाइएको छ । यस निर्वाचनमा कर्मचारी संगठनबीच मात्रै निर्वाचन हुने हुँदा जुन संगठनले जिते पनि सोहि संगठनको प्यानल नै आधिकारिक हुनेछ।

संस्थागत विकास, पेशागत र कर्मचारीको हकहितका सवालका विषयमा सबै कर्मचारी संगठनले आ–आफ्ना चुनावी एजेण्डालाई अघि सारेपनि चुनावी परिणाम निर्वाचन अघि नै लगभग पक्कापक्की जस्तै रहेको कर्मचारीबृतमा कुराकानी भइरहेको छ । विभिन्न विमानस्थलहरूमा गरिएको मतदातासँगको साक्षात्कारमा कुल मतदाताको ५० प्रतिशत मतदाता लोकतान्त्रिक कर्मचारी संघलाई नै मत दिने बताउँछन् ।

मतादाताहरूले लोकतान्त्रिक कर्मचारी संघकै नेतृत्वमा अदालती प्रक्रियामा गएको विषयलाई किनारा लगाएर आम कर्मचारीलाई बोनस खुवाउन सफल भएको कारण पनि मतदाताहरू सकरात्मक रहेको पाइयो। चुनौतिपूर्ण यो विषयलाई सबै कर्मचारीहरुले यसको नेतृत्व गर्ने लोकतान्त्रिक कर्मचारी संघका तत्कालिन अध्यक्षप्रति आभार व्यक्त गरेका थिए । त्यस्तै राष्ट्रिय सभाबाट समेत पास भइसकेको प्राधिकरण टुक्राउने विद्येयक रोक्ने कार्य र संस्थागत विकास तथा पेशागत हकहित र कर्मचारीको बृतिविकास जस्ता सवालमा व्यवस्थापनसँग कुनै प्रकारका संझौता नगरी पटक–पटक जोडदार माग उठाउँदै आएकाले पनि लोकतान्त्रिक कर्मचारी अलिक बढी लोकप्रिय रहेको मतदाताको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij