ई-आर्थिक, काठमाडौं । सालपा विकास बैंक लिमिटेडले १३ औँ वार्षिक साधारण सभा बोलाएको छ । विकास बैंकले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।
बैंकले फागुन २७ गते, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ स्थित शुभम फाउन्डेसनको सभाहलमा १३ औँ वार्षिक साधारण सभा हुने बैंकले जनाएको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले आईपीओ निष्काशनका साथै सोको प्रयोजनार्थ प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।