२०८३ साउन ११ सोमबार

ठगीको नयाँ रुप : खसीको अण्डकोष टाँसेर बाख्राको मासु बिक्री, एकजना पक्राउ

ई आर्थिक    बुधबार, माघ ३० २०८१
7K
Shares
ठगीको नयाँ रुप : खसीको अण्डकोष टाँसेर बाख्राको मासु बिक्री, एकजना पक्राउ

ई–आर्थिक, काठमाडौं । ठगिका विभिन्न रुप बजार भेटिने गरेका छन् । त्यसै क्रममा ठगीको नयाँ रुप फेला परेको छ । वीरगञ्जमा खसीको मासु भन्दै बाख्राको मासु बिक्रि गर्ने एक जना पक्राउ परेका छन् । वीरगञ्ज महानगरपालिका–१३ प्रतिमा चोकको आसमिन फ्रेस हाउसमा खसीको मासु हो भन्दै बाख्राको मासु विक्री गरिरहेको सूचना प्राप्त भएपछि प्रहरी पुगेको थियो ।

प्रहरी टोलीले पसलको जाँच गर्दा बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर टाँसेर बेचिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिनुभएको छ ।

प्रहरीले पसलका सञ्चालक हारुन मियाँ अन्सारीलाई पक्राउ गरेर कालोबजारी कसुरमा अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij