२०८३ साउन १० आइतबार

अमेरिकी सामानमा चीनको जबाफी आयात शुल्क लागु, अन्यत्र के हुँदैछ ?

ई आर्थिक    सोमबार, माघ २८ २०८१
5.9K
Shares
अमेरिकी सामानमा चीनको जबाफी आयात शुल्क लागु, अन्यत्र के हुँदैछ ?

ई–आर्थिक, काठमाडौं । चीनले वाशिङटनका पछिल्ला निर्णयको जबाफमा केही अमेरिकी सामानहरूमा तोकेको आयात कर सोमवारदेखि लागु हुँदैछ।

विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्ध बढ्दै गएको र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कैयौँ देशहरूमा आयात शुल्क लगाउने धम्की दिइरहँदा बेइजिङको निर्णय कार्यान्वयनमा आएको हो।

बेइजिङले फेब्रुअरी ४ मा यस्तो योजना घोषणा गरेको थियो। अमेरिकाले सबै चिनियाँ उत्पादनहरूमा १० प्रतिशतले नयाँ आयात शुल्क लागु भएको केही मिनेटमै चीनले त्यस्तो घोषणा गरेको थियो।

ट्रम्पले आइतवार सबै स्टील र एल्यूमिनिअममा अमेरिकामा २५ प्रतिशत आयात शुल्क लगाउने बताएका छन् जसको पूर्ण घोषणा सोमवार हुँदैछ।

ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट हुने आयातमा ‘लगाउने’ नयाँ भन्सार दर कस्तो छ?

सुपर बोल प्रतियोगिता हेर्न जाने क्रममा एअर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै उनले अन्य राष्ट्रहरूमा उनीहरूलेजस्तै आयात शुल्क लगाउने योजना रहेको बताए।

तर उनले ती कुन-कुन देशमा लक्षित गरिनेछ भनेर प्रस्ट पारेनन्।

चिनियाँ प्रतिक्रिया

अमेरिकी सामानमा लगाइने चीनको पछिल्लो आयात शुल्कमा अमेरिकी कोइला र लिक्विफाइड प्राकृतिक ग्यास उत्पादनका आयातमा १५ प्रतिशत सीमा कर समावेश छ।

त्यसबाहेक अमेरिकी कच्चा तेल, कृषि मसिनरी र ठूला इन्जीनका कारहरूमा पनि १० प्रतिशत आयात शुल्क छ।

गत साता चिनियाँ अधिकारीहरूले प्रविधि कम्पनी गुगलको एकाधिकार विरुद्धको एक अनुसन्धान सुरु गरेका छन्।

त्यसैगरी डिजाइनर ब्रान्ड केल्भिन क्लाइन र टमी हिलफिगरको अमेरिकी स्वामित्व कम्पनी पीभीएसलाई समेत बेइजिङको कथित “अविश्वसनीय वस्तु” सूचीमा समावेश गरिएको छ।

चीनले २५ वटा दुर्लभ धातु निर्यातमा नियन्त्रण गरेको छ। ती मध्येका केही कैयौँ विद्युतीय उत्पादन र सैन्य उपकरणका लागि अहम् मानिने सामग्री हुन्।

ट्रम्पले सप्ताहन्तमा अमेरिकाले गर्ने स्टील तथा एल्यूमिनिअम आयातमा २५ प्रतिशत कर लगाउने योजनाको घोषणा गरे।

त्यसको केही दिनअघि उनले क्यानडा र मेक्सिकोसँग ती देशका सबै सामानमा २५ प्रतिशत आयात शुल्क लगाउने घोषणाबाट पछि हटेका थिए।

विगत

आफ्नो पहिलो राष्ट्रपतीय कार्यकालमा समेत उनले स्टीलमा २५ प्रतिशत र एल्मुनिअममा १० प्रतिशत आयात शुल्क लगाउने घोषणा गरे पनि पछि क्यानडा, मेक्सिको र ब्रजिलसहित कैयौँ व्यापारिक साझेदारहरूलाई शुल्करहित कोटा प्रदान गरेका थिए।

युरोपेली सङ्घ ईयू आयात शुल्कको विषय भने बाइडन सत्तामा नआउँदासम्म समाधान भएको थिएन।

आइतवार यदि नयाँ आयात शुल्क लागु हुँदाका अवस्थामा पहिलेजस्तै कसैले छुट पाएमा त्यो कुन-कुन देशले पाउनेछन् भन्ने उल्लेख गरिएको छैन।

समान रूपमा आयात शुल्क कार्यान्वयन गर्ने उनको सोचले अमेरिकी सामानमा लगाइएजस्तै भन्सार दर लगाउने उनको चुनावी वाचा पूरा गर्नेछ।

विश्वव्यापी रूपमा लगाइने आयात शुल्कमा छुट दिनेबारे विचार गरिरहेका विवरण आएपछि उनले सवारीसाधनको आयात कर भने टेबलमै रहेको बताए।

ट्रम्पले बारम्बार अमेरिकी कारको आयातमा ईयूले लगाएको शुल्क अमेरिकाको भन्दा निकै उच्च रहेको भन्दै असन्तुष्टि पोख्दै आएका छन्।

गत साता बीबीसीसँग कुरा गर्दै ईयूका सामानमा आयात शुल्क “छिट्टै” नै लाग्न सक्ने तर यूकेका हकमा भने सम्झौताका लागि “काम गर्न सकिने” बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij