२०८३ साउन ११ सोमबार

‘चिसापानी-गड्डाचौकी सडकखण्ड ६ लेनको बनाउन छिट्टै काम सुरू हुन्छ’

ई आर्थिक    सोमबार, माघ २८ २०८१
8.2K
Shares
‘चिसापानी-गड्डाचौकी सडकखण्ड ६ लेनको बनाउन छिट्टै काम सुरू हुन्छ’

ई-आर्थिक, कैलाली । परराष्ट्रमन्त्री आरजु राणा देउवाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी-गड्डाचौकी सडकखण्ड ६ लेनको बनाउन छिट्टै काम सुरू हुने बताएकी छिन्।

कैलालीको लम्कीचुहा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै मन्त्री राणाले सवारीको चापलाई मध्यनजर गर्दै कैलालीको चिसापानीबाट कञ्चनपुरको गड्डाचौकीसम्म ६ लेनको बनाउनको लागि सर्वेक्षण गर्ने काम भइरहेको बताइन्।

उनले भनिन्, ‘राजमार्गलाई छ लेन बनाउन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहल गरिरहनुभएको छ। राजमार्गको अहिले सर्वे गर्ने काम भइरहेको छ। छ लेनको सडक निर्माणका लागि छिट्टै काम सुरू हुन्छ।’

मन्त्री देउवाले लम्कीचुहा नगरपालिकाको प्रशासकीय भवनले यस नगरका नगरवासीलाई एकीकृत सेवा लिन सहज हुने विश्वास व्यक्त गरिन्। उनले यस क्षेत्रको कृषि क्षेत्रको समग्र विकासको लागि सरकार गम्भीर रहेको बताउँदै स्थानीयस्तरमा भएको विकास निर्माण देख्दा आफू उत्साहित भएको बताइन्।

केही दिनदेखि सुदूरपश्चिको कैलालीमा रहेकी मन्त्री देउवाले आजै नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर २ र लम्कीचुहा नगरसमितिको नवनिर्मित पार्टी कार्यालय बिपी स्मृति भवनसमेत उद्घाटन गरेकी छिन्। रासस

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij