२०८३ साउन १२ मंगलबार

नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय स्थानान्तरण

ई आर्थिक    आइतबार, माघ २७ २०८१
6K
Shares
नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय  स्थानान्तरण

ई-आर्थिक, चितवन।  नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय नयाँ स्थानमा स्थानान्तरण गरी आधुनिक भवनबाट औपचारिक रूपमा सेवा शुभारम्भ गरेको छ। बैंकको २२औं साधारण सभाको निर्णय अनुसार केन्द्रीय कार्यालय चितवनको भरतपुर महानगरपालिका–१०, वाइपास रोडस्थित जिल्ला सहकारी संघ लिमिटेडको नवनिर्मित आधुनिक भवनमा सारिएको हो।

२०५८ सालमा स्थापना भएको यस बैंकले चितवन जिल्लालाई आधार मानी टाँडी, यज्ञपुरी, भरतपुर, नारायणगढ र पर्सा शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। आधुनिक बैंकिङ प्रणालीको प्रभावकारी उपयोग गरी ग्राहकलाई अझ सहज, चुस्त र प्रविधिमैत्री सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ स्थानबाट संचालन गरिएको बैंकले जनाएको छ।

यससँगै, बैंकले हाकिमचोकस्थित शाखा कार्यालयको पनि सेवा एकैसाथ शुभारम्भ गरेको छ। भरतपुरको व्यापारिक केन्द्रमा स्थानान्तरण भएसँगै बैंकले ग्राहकहरूलाई थप सहज, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्ने विश्वास लिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij