२०८३ भाद्र ३० मंगलबार

साइन रेसुंगा डेभलपमेन्ट बैंकले १७औं वार्षिकोत्सवको अवसरमा ‘साइन रेसुंगा राष्ट्रिय टेन के रन’ प्रतियोगिता गर्ने

ई आर्थिक    आइतबार, माघ २७ २०८१
7.6K
Shares
साइन रेसुंगा डेभलपमेन्ट बैंकले १७औं वार्षिकोत्सवको अवसरमा ‘साइन रेसुंगा राष्ट्रिय टेन के रन’ प्रतियोगिता गर्ने

ई–आर्थिक, काठमाडौं । केन्द्रीय कार्यालय बुटवलमा रहेको साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा ‘साइन रेसुंगा राष्ट्रिय टेन के रन’ प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ।

रन टू साइन भन्ने नाराका साथ साइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले ११ फागुनमा प्रतियोगिता आयोजना गर्न लागेको हो। बैंकले शनिवार बुटवलमा पत्रकार सम्मेलन आयोजना गरी बैंकको १७औँ वार्षिकोत्सवको अवसरमा एथलेटिक्समा लोकप्रिय विधाको रूपमा रहेको १० किलोमिटरको राष्ट्रिय स्तरको दौड प्रतियोगिताको सुरुवात गर्न लागेको जानकारी गराएको छ ।

राष्ट्रिय स्तरका धावक सहभागी रहने प्रतियोगिताको पुरस्कार राशी पाँच लाख रुपैयाँ राखिएको छ। प्रतियोगितामा खुला, स्थानीय ५० वर्षसम्म र स्थानीय ५० वर्षभन्दा माथिको गरी तिन विधा रहेका छन्।प्रतियोगिताको पुरुष तथा महिला विधाका विजेता धावकले जनही एक लाख रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो हुनेले जनही ४० हजार, तेस्रो हुनेले २० हजार, चौथो हुनेले १५ हजार र पाँचौँ हुनेले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यस्तै, स्थानीय धावकको सहभागिता बढाउन पाँच किलोमिटरको दौडमा ५० वर्षसम्म र ५० वर्षभन्दा माथिको गरी दुई विधा राखिएको छ। विजेता महिला पुरुष खेलाडीले जनही १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोले दुई  हजार पाँच सय रुपैयाँ प्राप्त गर्नेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले वित्तिय क्षेत्रमा १६ वर्षदेखि सेवा उपलब्ध गराउँदै आएको र सामाजिक रूपमा विभिन्न सामाजिक क्रियाकलापमा समेत अग्रणी रहेको बताए। यही क्रममा खेलकुदमार्फत सामाजिक उत्तरदायित्व पूरा गर्ने उद्देश्यसहित राष्ट्रिय स्तरको दौड प्रतियोगिता घोषणा गरेको बताए।

प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा धावकले साइन रेसुंगा डेभलपमेन्ट बैंकको आधिकारिक वेबसाइट https://srdb.com.np/campaign/shineresungarun  मा गई नाम दर्ता गर्न सक्ने छन्।

दौड बैंकको केन्द्रीय कार्यालय कालिका नगरबाट सुरु भएर मणिग्राम चोक हुँदै पुनः केन्द्रीय कार्यालयमा पुगेर समापन हुनेछ। राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगितामा स्थानीय पालिकाहरूको समेत समन्वय र सहकार्य हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij