२०८३ साउन १० आइतबार

‘सबै आयोजनाहरु एकैपटक सुरु गर्नुपर्छ’

ई आर्थिक    शुक्रबार, माघ २५ २०८१
4.8K
Shares
‘सबै आयोजनाहरु एकैपटक सुरु गर्नुपर्छ’

ई-आर्थिक,काठमाडौं ।  ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले लक्ष्य प्राप्तिका लागि सबै आयोजनाहरु एकैपटक बनाउनुपर्नेमा जोड दिएका छन् ।

आज  पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले सरकारसँग भएका जति पनि आयोजनाहरु छन् ति सबै आयोजनाहरुलाई एकैपटक सुरु गर्नुपर्ने अवस्था रहेको बताएका हुन् ।

उनले भने, ‘सरकारसँग भएका जति पनि आयोजनाहरु छन् ति सबै आयोजनाहरुलाई एकैपटक सुरु गर्नुपर्ने अवस्था छ । सरकारले लिएको लक्ष्य प्राप्तिका लागि समयमै त्यो लक्ष्य हासिल गर्न सबै आयोजनाहरु बन्नुपर्छ । एकैपटक सुरु गरिएन भने अझैं ६–७ वर्ष समय कुर्नुपर्छ । छिटो गरियो भने पनि ८ वर्ष १० वर्ष काम सम्पन्न हुन समय लाग्ने स्थिति छ ।’

साथै उनले आयोजनाहरु छिटो बनाउनका लागि के के कुराको शब्दावली राख्नुपर्छ त्यो समितिले जानकारी दिन समेत आग्रह गरे । उनले विकास निर्माणमा भएको स्रोत साधनमा लगानी गर्न विदेशीहरुलाई गुहार्नुपर्ने अवस्था रहेको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij