२०८३ साउन ११ सोमबार

विद्यार्थीलाई समय सुहाउँंदो शिक्षा देऔं

ई आर्थिक    शुक्रबार, माघ २५ २०८१
6.2K
Shares
विद्यार्थीलाई समय सुहाउँंदो शिक्षा देऔं

ई-आर्थिक, काठमाडौं ।  शिक्षाविद्हरुले कितावी ज्ञानले मात्रै बालबालिकाको सिकाई अधुरो र अपुरो हुने विचार पोखेका छन् ।

उनीहरुले समय अनुसार विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन विद्यार्थीको रुचि र क्षमतालाई ध्यानमा राखी सहशैक्षिक क्रियाकलाप तथा अतिक्ति क्रियाकलापमार्फत् विद्यार्थीलाई आफना प्रतिभा फक्रने र फुल्ने अवसर प्रदान गर्नुपर्नेमा जोड दिए ।

आजका विद्यार्थी भनेका भोलिका योद्धा हुन् र देशको सर्वांगिन विकासका मेरुदण्ड पनि, एभरेस्ट स्कुलको बिहीबार भक्तपुरमा भएको इसिए पुरस्कार वितरण तथा साँंस्कृतिक कार्यक्रममा उनीहरुले भने, त्यसकारण आजका विद्यार्थीलाई समय सुहाउँदो शिक्षा दिनुपर्छ ।

कार्यक्रममा शिक्षाविद् रामगोपाल कर्माचार्यले नानीहरुको क्षमता पहिचान गरी उनीहरुको रुचि अनुसार प्राथमिकतामा लानुपर्नेमा जोड दिए ।

उनले आजका विद्यार्थीलाई भविष्यको सम्भाबनालाई ध्यानमा राखी खेलकुद्, नृत्य, गायनलगायतमा अभ्यस्त बनाउनुपर्नेमा जोड दिए । स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले स्कुलले विद्यार्थीका सर्वांगन विकासका लागि प्रतिवद्ध भएर लागिपरेको बताए । कार्यक्रममा विद्यालयले गरेको विभिन्न प्रतियोगिताका उत्कृष्टलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रममा धिमे बाजा, नृत्य, गायनलगायतका विभिन्न प्रतियोगिताहरुमा उत्कृष्टलाई पुरस्कृत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij