२०८३ साउन १२ मंगलबार

रवि लामिछानेसहित १५ जनाबिरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता

ई आर्थिक    मंगलबार, माघ २२ २०८१
4.3K
Shares
रवि लामिछानेसहित १५ जनाबिरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दर्ता

ई-आर्थिक, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध  चितवनमा पनि सहकारी ठगीसम्बन्धी मुद्दा दर्ता भएको छ।

सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको मुद्दामा लामिछानेसहित १५ व्यक्ति र ६ कम्पनीविरुद्ध मुद्दा दर्ता भएको हो  । रविलामिछानेलाई  सहकारी ठगी मात्रै मुद्दा चलाइँदा अरु १२ जनालाई भने सङ्गठित अपराध कसुर मुद्दा दर्ता भएको हो ।

आज  दर्ता भएको मुद्दामा रविसहित १५ जना प्रतिवादी छन् । त्यसैगरी गितेन्द्रबाबु राई अध्यक्ष रहेको गोर्खा मिडिया प्रालि र साहरा बचतसहित ६ वटा संस्थालाई पनि प्रतिवादी बनाइएको छ ।

थप प्रतिवादीहरूमा रामबहादुर खनाल, रविना रिमाल, विशाल तमाङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफ अली सिद्धीकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बाँस्तोला, शिवबहादुर गुरूङ र प्रगति श्रेष्ठ रहेका छन्।

चितवनपछि उनीविरुद्ध वीरगञ्जको सानो पाइला सहकारीको बचत अपचलनमा अनुसन्धान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij