२०८३ साउन १० आइतबार

कुमारी बैंकको चौबिसौँ वार्षिक साधारणसभा सम्पन्न

ई आर्थिक    सोमबार, माघ २१ २०८१
6.4K
Shares
कुमारी बैंकको चौबिसौँ वार्षिक साधारणसभा सम्पन्न

ई-आर्थिक, काठमाडौं । कुमारी बैंक लिमिटेडको चौबिसौँ वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न भएको छ।

सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेस गरिएको आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित भएको छ।

यस्तै सभाबाट लेखापरीक्षण प्रतिवेदनसहित आव २०८०/८१ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाबलगायतका वित्तीय विवरण र आव २०८१/८२ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरिएको बैंकले जनाएको छ।

कुमारी बैंकले आफ्ना देशभर रहेका ३ सय २ शाखा सञ्जाल, ३ सय १६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइहरुमार्फत आफ्ना ग्राहकलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ।

आगामी दिनमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जानेसमेत प्रतिबद्धता बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij