ई-आर्थिक, चितवन । नेपालका लागि सेरेस र नामी इभी ब्रान्डको आधिकारिक वितरक एमएडब्लु वृद्धिले चितवनलाई लक्षित गरेर योक्षेत्रकै सबैभन्दा ठूलो एक्सचेन्ज तथा टेस्टड्राइभ क्याम्प’ गर्ने भएको छ । एमएडब्लु वृद्धिले भरतपुर,चितवनस्थित सिमटीरे सोटमा आउँदो २१ माघदेखि २३ माघसम्म तीनदिने ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको हो ।
यो मेलामा इभी किन्न चाहने चितवनका ग्राहकले सेरेसमा र नामी इभी किन्दा ७ किलोवाटको चार्जर फ्रिमा पाउन सक्नुहुनेछ ।
साथै,ग्राहकले अभुत पूर्व ‘एक्सचेन्ज भ्यालु’ र एमएडब्लु वृद्धिबाट बेजोड ‘एक्सचेन्ज बोनस’को फाइदा उठाउँदै नयाँ पुस्ताको इलेक्ट्रिक खरिद गर्न सक्नुहुनेछ ।
यसका अलावा ग्राहकले हरेक टेस्टड्राइभ र आफ्नो पुरानो गाडीको मूल्यांकनमा आकर्षक उपहार पाउनुहुनेछ । ‘अनस्पट फाइनान्सिंग’को व्यवस्था पनि गरिएको छ । साथै, सेरेस र नामीलाई आकर्षक ब्याजदरमा घरमा लान सक्नुहुनेछ ।
यी अफरहरु बाहेक एक्सचेन्ज क्याम्पमा आएर फ्युचरिस्टिक डिजाइन र फिचरले भरिएका नामी र सेरेसको टेस्टड्राइभ गर्नु हुनेले ‘फुडस्टल’को मज्जा लिन सक्नुहुनेछ । एमएडब्लु वृद्धिले एक्सचेन्ज एन्डटे स्टड्राइभ क्याम्प अघि नामीको क्षेत्रीय लन्च पनि गर्ने योजना बनाएको
छ ।