२०८३ भाद्र २८ आइतबार

मौलिक भान्छा घरको नयाँ शाखा मोरङमा, मौलिक बजारको पहल गर्दै

ई आर्थिक    आइतबार, माघ २० २०८१
4.1K
Shares
मौलिक भान्छा घरको नयाँ शाखा मोरङमा, मौलिक बजारको  पहल गर्दै

ई-आर्थिक, काठमाडौं ।   मौलिक बजार तथा मौलिक भान्छाघरले आफ्नो नयाँ शाखा मोरङ खोलेको छ ।

मौलिक बजार सोमबारे जाऔं, मौलिक भान्छामा रमाऔं । ७ प्रदेशको परिकार खाऔं । ७५३ गाउँको उत्पादन लैजाऔं भन्ने मुल नारासहित उक्त स्थानमा नयाँ शाखा खोलीएको  सञ्चालक सुमन दाहालले ई-आर्थिकलाई जानकारी दिए ।

काठमाडौँको कपन स्थित मौलिक बजार तथा मौलिक भान्छाघरले देशभर सात वटै प्रदेशका ७५३ पालिकामा एक स्थानिय तह–एक उत्पादन ब्राण्डिङ, एक खरिद विक्री केन्द्र (मौलिक बजार) तथा एक मौलिक भान्छाघर संचालन गर्ने अवधारणाका साथ कार्य संचालन गरिरहेको  दाहालले बताए ।

७ वटै प्रदेशमा प्रादेशिक परियोजना संचालन गर्ने उद्देश्य अनुरुप हाल कम्पनीले कोशी प्रदेशलाई प्राथमिकतामा राखेर कोशी प्रदेश तथा स्थानिय सरकार र सरोकारवाला संघसंस्था सँग सहकार्य गर्दै अघि बढिरहेको छ ।

नेपाली परम्परागत स्वाद र संस्कृति जगेर्ना गर्ने अभियानलाई निरन्तरता दिँदै मौलिक भान्छा घर ले अब मोरङ्गमा आफ्नो नयाँ शाखा सञ्चालन गरेको छ । यसका साथै, मौलिक बजार को नयाँ पहिचानसमेत सार्वजनिक गरिँदै छ, जसले नेपाली उत्पादक र उपभोक्ताबीचको सम्पर्कलाई अझ सशक्त बनाउदै लैजाने योजना रहेको उनी बताउछन् ।

नेपाली मौलिक खानाको स्वाद र आतिथ्य सेवाको प्रतीक बनेको मौलिक भाञ्छा घरले कोशी प्रदेशमा को मोरङमा आफ्नो सेवा विस्तार गरेको छ । नयाँ शाखाको रुपमा शानिबार मोरङ्गको रतुवामाई–१० उद्घाटन गरेको हो । उद्घाटन कार्यक्रमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सञ्चारकर्मी, ग्राहक, र स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

नेपाली मौलिक स्वादलाई जगेर्ना गर्दै ग्राहकहरूलाई स्वच्छ, स्वस्थ, र परम्परागत परिकार प्रदान गर्नु हो । मोरङ्गमा नयाँ शाखा स्थापना गर्नु हाम्रो विस्तार योजनाको एक महत्वपूर्ण पाइला हो, जसले स्थानीय कृषक, उत्पादक, र सेवा प्रदायकलाई समेत प्रत्यक्ष रूपमा फाइदा पुर्याउने आयोजनकले जानकारी दियो ।

मौलिक बजारः नेपाली उत्पादनलाई जोड्ने नयाँ पहल

यसैअवसरमा मौलिक बजार कोसुरुवातसमेत घोषणा गरिदै छ। मौलिक बजार एउटा यस्तोप्लेटफर्म हो, जहाँ स्थानीय उत्पादनहरू—विशेष गरी नेपाली कृषि तथा खाद्य सामग्री, हर्वल कस्मेटिक्स, मसला, अदुवा लसुन पेष्ट, हस्तकला, र मौलिक पहिचान बोकेका वस्तुहरू—बजारमा ल्याइनेछ ।

यस पहलले स्थानीय उत्पादकहरूलाई उचित मूल्यमा ग्राहकहरूसम्म पुर्याउने, नेपाली उत्पादनलाई प्रवद्र्धन गर्ने, र परम्परागत व्यवसायलाई डिजिटलाइजेसनतर्फ लैजाने लक्ष्य राखेको छ । यस मान्छाघरबाट विभिन्न परिकारहरु पाउन सकिन्छ जसमा विशेष परिकारहरु कोदो, फापर, जौ, मकै प्रयोग गरिने सञ्चालक दाहाल बताउछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij