२०८३ भाद्र २९ सोमबार

गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफले विशेष छुट प्रदान गर्ने

ई आर्थिक    मंगलबार, माघ १५ २०८१
4.4K
Shares
गरिमा विकास बैंकका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफले विशेष छुट प्रदान गर्ने

ई-आर्थिक, काठमाडौं । गरिमा विकास बैंक लिमिटेडका ग्राहकलाई वात्सल्य नेचुरल आईभिएफ प्रा.लिबिच  विशेष छुट प्रदान गर्ने  भएको छ ।

गरिमा विकास बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफ प्रा. लि. बिच  आईभीएफ उपचार पद्धतिमा आकर्षक छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ । गरिमा विकास बैंक लिमिटेडको तर्फबाट लाजिम्पाट क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक श्री रमेश रिजाल र वात्सल्य नेचुरल आईभिएफको तर्फबाट डिजिटल तथा मिडिया म्यानेजर श्री नविन विष्टले उक्त छुट सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

पछिल्लो समयमा मानवीय जीवनशैलीमा आएको परिवर्तन, तनाव, खानपिन एवं बढ्दो उमेरले युवा पुस्ताहरुमा बृद्धि हुँदै गईरहेको निसन्तानपनको उपचारका लागि नेपालमा लामो समय देखि ख्याती प्राप्त वात्सल्य नेचुरल आईभिएफसँग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरिएको हो ।

सम्झौता पश्चात यस विकास बैंकका सम्पूर्ण ग्राहकहरुले वात्सल्य नेचुरल आईभिएफमा निसन्तान सम्बन्धी उपचारको प्याकेजमा एकमुष्ठ रु १०,०००, प्याथोलोजी परीक्षणमा १०% र औषधीमा ५% छुट प्राप्त गर्नेछन् । विकास बैंकका खातावाल ग्राहक, डेविट तथा क्रेडिट कार्ड होल्डरहरुले वात्सल्य नेचुरल आईभिएफको सम्पूर्ण आउटलेटहरुबाट उक्त छुट प्राप्त गर्नछन् ।

हाल गरिमा विकास बैंकले देशभर १२३ शाखा कार्यालय, १ एक्स्टेन्सन काउन्टर र ५० एटिएम साथै नविनतम डिजिटल बैकिङ मार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij