२०८३ भाद्र २६ शुक्रबार

राष्ट्रिय सहकारी बैंकले अत्याधुनिक प्रविधिको ‘कोर बैंकिङ सफ्टवेयर’ सञ्चालनमा ल्याउँदै

ई आर्थिक    मंगलबार, माघ १५ २०८१
5.6K
Shares
राष्ट्रिय सहकारी बैंकले अत्याधुनिक प्रविधिको ‘कोर बैंकिङ सफ्टवेयर’ सञ्चालनमा ल्याउँदै

ई-आर्थिक, ललितपुर  । राष्ट्रिय सहकारी बैंकले अत्याधुनिक प्रविधिको ‘कोर बैंकिङ्ग सफ्टवेयर’ (सिबीएस) बुधवार देखि सञ्चालनमा ल्याउने भएको छ ।

बैंकले मंगलबार एक सूचना जारी गर्दै नयाँ सफ्टवेयर सञ्चालनको लागि माघ १६ गते बिहान ६ बजे देखि १९ गते बेलुका ६ बजेसम्म बैंकको इन्टरनेट बैंकिङ्ग, एसएमएस बैकिङ्ग, रेमिट्न्यास सेवा पूर्णरुपमा बन्द रहने र माघ १८ गते निक्षेप जम्मा र चेक सटही सेवाको लागि मात्र बैंकका कार्यालयहरू खुल्ला रहने एक सूचना जारी गरी जानकारी दिएको छ ।

आफ्ना सदस्य सहकारी संघ संस्थालाई अत्याधुनिक, गुणस्तरीय तथा सुरक्षित बैकिङ्ग सेवा दिने उद्देश्यका साथ पुरानो सफ्टवेयरलाई प्रतिस्थापन गरि नयाँ प्रविधिको कोर बैंकिङ्ग सफ्टवेयरको सुरुवात गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताए

‘प्रमुख कार्यकारी गुरागाईका अनुसार बैंकले निकट भविष्यमा आफ्ना सदस्य सहकारी संघ संस्थाहरुलाई आधुनिक प्रविधिको आफ्नै सफ्टवेयर प्रदान गर्ने गरी अघि बढेको छ, त्यसका लागि बैंकले लागि नेपाल सहित अन्य देशका उत्कृष्ट सफ्टवेयर कम्पनीहरूसँग छलफल भइरहेको बताए ।’

अन्तर्राष्ट्रिय स्तरमा समेत प्रयोगमा रहेको र व्यवस्थापन गर्न समेत सहज उक्त सफ्टवेयर आधुनिक बैंकिङ्ग सेवा प्रदान गरी वेव बेसमा आधारित रहेको बैंकका प्रमुख प्रविधि अधिकृत नवीन कुमार कार्कीले जानकारी दिए ।

सहकारी संघ संस्थाहरूसँग मात्र कारोबार गर्दै आइरहेको राष्ट्रिय सहकारी बैंकले ६८ वटा शाखा मार्फत देशभरका १६ हजार ३६९ शेयर सदस्य सहकारी संघ संस्थाहरूसँग कारोबार गर्दै आइरहेको छ । बैंकले आधुनिक प्रविधि सेवा अन्तर्गत हाल आफ्नै ब्रान्डको ‘कोप कार्ड’ (एटिएम) इन्टरनेट बैंकिङ्ग, एसएमएस बैकिङ्ग, सिटिएस् सेवा र क्यु आर सेवा प्रदान गरी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij