२०८३ साउन १० आइतबार

मौद्रिक नीतिलाई खुकुलो पार्दै सिङ्गापुर, मुद्रास्फीति औसत १.५ प्रतिशत देखि २.५ प्रतिशत हुने

ई आर्थिक    शुक्रबार, माघ ११ २०८१
2.6K
Shares
मौद्रिक नीतिलाई खुकुलो पार्दै सिङ्गापुर, मुद्रास्फीति औसत १.५ प्रतिशत देखि २.५ प्रतिशत हुने

एजेन्सी ।  सिङ्गापुरको मौद्रिक प्राधिकरण (एमएएस) ले शुक्रबार आफ्नो मौद्रिक नीतिमा केही खुकुलो पार्ने घोषणा गरेको छ । सन् २०२० पछि पहिलो पटक खुकुलो नीति पार्ने कदम चालेको छ । नीतिलाई दुई वर्षमा पहिलो पटक समायोजन गरिएको प्राधिकरणले जनाएको छ ।

सिंगापुरको आर्थिक वृद्धिको गति सुस्त भएको र यस वर्ष कोर मुद्रास्फीतिमा अपेक्षा गरिएभन्दा तीव्र गतिले कमी आएको अवस्थामा यो निर्णय आएको हो ।

एमएएसले आवास र निजी यातायातको लागतबाहेकका मुद्रास्फीतिको प्रवृत्तिको पूर्वानुमान गर्छ र यो सन् २०२५ मा औसत १.० प्रतिशत देखि २.० प्रतिशतसम्म पुग्ने अनुमान गरेको छ भने उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) का सबै वस्तुहरूको मुद्रास्फीति औसत १.५ प्रतिशत देखि २.५ प्रतिशत हुने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij