ई-आर्थिक, काठमाडौं । नेपालीबजारमा विद्युतीय सवारीको माग दिनप्रतिदिन बढ्दो रहेको छ । नेपाली सडकमा आजकल ईभीका स्कुटर तथा लक्जरीखालका गाडीहरु छ्यापछ्याती देख्न सकिन्छ । भन्सार विभागका अनुसार नेपालमा चालु आर्थिक वर्ष २०८०/ २०८१को छ महिनामा ५ हजार ४८० वटा ईभी जिप, भ्यान र कार आयात भएको भन्सार विभागले जनाएको छ ।
नेपालमा चालु आर्थिक वर्षको ६ महिनामा १३ अर्ब बढीको विद्युतीय चार पांग्रे सवारी (ईभी) आयात भएको देखिएको छ । चालु आवको पौष मसान्तसम्म १३ अर्ब १० करोड ८० लाख रुपैयाँ बढीको आयात भएको विभागले जनाएकाो छ । सरकारले इभी आयाता गर्दा ८ अर्ब १६ करोड ३३ लाख राजस्व प्राप्ति भएको जनाएको छ ।
नेपालमा पछिल्लो चरणमा ५१ देखि १०० किलोवाट क्षमता भएका ३ हजार १९१ वटा ईभी नेपाल भित्रिएका छन् । पछिल्लो ६ महिनामा ५० किलोवाटभन्दा कम क्षमता भएका ईभी १ हजार ७२५ वटा ईभी आयात भएको छ । साथै १०१ देखि २०० किलोवाटसम्मका ५५३ वटा, २०१ देखि ३०० किलोवाट क्षमता भएका ९ वटा र ३०० किलोवाट भन्दा धेरै क्षमता भएको २ वटा गाडी आयात भएको भन्सार विभाग जानकारी दियो ।
नेपालमा विशेषरुपमा चीन, भारत, दक्षिण कोरिया, जर्मनी र अमेरिकाबाट ईभीको आयात हुने गरेको छ । त्यसमा पनि सबैभन्दो धेरै चीनबाट आयात भएको तथ्याङ्क देखाउछ ।
नेपालमा जुन मात्रामा ईभी गाडीप्रतिको आकर्षण बढ्दै गर्दा यसको दोस्रो बजारको मार्केट छैन् । बजारमा दोस्रो बजारमा किनबेच गर्न अझै ग्राहकहरु रुचि राखेका छैनन् ।
बजारमा ईभी गाडीहरु चार्ज गर्ने ठाँउहरुको अभावमा सरकारले चार्जिङ स्टेशन लगानी गर्नुपर्ने देखिन्छ । ईभी गाडीको एफ्टर लेस्स सर्भिस सबै स्थानहरुमा नहुदा सेवाग्राहीले दुख पाएका छन् । नेपाली बजारमा ईभीको दोस्रो बजारमा माग तेति छैन् आम ग्राहकहरु अहिले पनि विद्युतीय गाडीमा लगानी गर्न डराइरहेका छन् किनकी यसमा भोलीका दिनमा ब्याट्रीमा समस्या आए के गर्ने अहिलेसम्म पनि त्यसको जवाफ दिन नसकिने लगानीकार्ताहरु बताउछन् ।