२०८३ साउन १० आइतबार

निर्माण सामग्रीको मूल्य बृद्धिको कारणबारे उद्योग मन्त्रालयसँग जवाफ मागिने

ई आर्थिक    मंगलबार, माघ ८ २०८१
6.6K
Shares
निर्माण सामग्रीको मूल्य बृद्धिको कारणबारे उद्योग मन्त्रालयसँग जवाफ मागिने

ई-आर्थिक, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पछिल्लो समय सिमेन्ट, छडलगायत निर्माण सामग्रीको मूल्य बढ्नुको कारणबारे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग जवाफ माग्ने भएको छ।

समितिको आजको बैठकमा अधिकांश सांसदले निर्माण सामग्रीमा अचाक्ली मूल्यवृद्धि भएको विषय उठाएका थिए। बैठकपछि समिति सभापति ऋषिकेश पोखरेलले सिमेन्ट, छडलगायत वस्तुको मूल्य वृद्धिबारे मन्त्रालयलाई बुधबार छलफलमा बोलाउन निर्देशन दिए।

समितिमा परेका उजुरीहरुको प्राथमिकता निर्धारण गर्ने र बढी महत्त्वपूर्ण उजुरीलाई समितिमा चाँडो पेश गर्नका लागि ती उजुरीको अध्ययन गर्न सांसद सञ्जयकुमार गौतमको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गर्ने निर्णय आजको बैठकले गरेको छ।

समितिले विभिन्न समयमा सरकारसँग माग गरेका अध्ययन प्रतिवेदन हालसम्म प्राप्त नभएकाले पुनःमाग गर्ने, रासायनिक मलको अभाव भएको विषयमा सरकारको ध्यानाकर्षण गराउने, हुलाकी राजमार्गलगायत विभिन्न सडकखण्डको काममा ढिलाई भएको विषयमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने निर्णय पनि आजको बैठकले गरेको सभापति पोखरेलले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij