२०८३ साउन ११ सोमबार

राष्ट्रपतिद्वारा १८ गते बस्नेगरी संसद्को हिउँदे अधिवेशन आह्वान

ई आर्थिक    मंगलबार, माघ ८ २०८१
2.3K
Shares
राष्ट्रपतिद्वारा १८ गते बस्नेगरी संसद्को हिउँदे अधिवेशन आह्वान

ई-आर्थिक, काठमाडौं । संसद्को हिउँदे अधिवेशन आह्वान भएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले आज  संसद्को हिउँदे अधिवेशन आह्वान गर्नुभएका हुन्  । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले माघ १८ गते दिउँसो १ बजे बस्नेगरी सङ्घीय संसद्का दुबै सदनको अधिवेशन आह्वान गरेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउने निर्णय गर्दै अनुमोदनका लागि राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको थियो ।

राष्ट्रपति कार्यालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा ९३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरिएको उल्लेख छ ।

संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । वर्षे अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij