२०८३ साउन ११ सोमबार

बागमती प्रदेश सरकारले ६ महिनामा गर्‍यो १६ प्रतिशतमात्रै बजेट खर्च

ई आर्थिक    शुक्रबार, माघ ४ २०८१
3.8K
Shares
बागमती प्रदेश सरकारले  ६ महिनामा गर्‍यो १६ प्रतिशतमात्रै बजेट खर्च

ई-आर्थिक, बागमती। बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा १६ प्रतिशतमात्रै बजेट खर्च गरेको छ।

पुससम्ममा कुल बजेटको करिब १६ दशमलव २७ प्रतिशत मात्र खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलले जानकारी दिए।

चालु आवका लागि प्रदेश सरकारले ६४ अर्ब ५४ करोड चार लाख ३१ हजारको बजेट ल्याएकामा पुससम्म १० अर्ब ५० करोड २९ लाख ९ हजार खर्च भएको छ। चालुको तुलनामा पुँजीगत खर्च कम भएको पौडेलको भनाइ छ।

विनियोजित बजेटमध्ये सबैभन्दा बढी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले ४१ दशमलव ५६ प्रतिशत, प्रदेशसभा सचिवालयले २८ दशमलव ३६ प्रतिशत बजेट खर्च गरेको छ भने सबैभन्दा कम पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले चार दशमलव छ प्रतिशत बजेट खर्च गरेको मन्त्रालयले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij