२०८३ साउन ११ सोमबार

सामानसहित ११० टन तौल भएको ‘ट्रेलर ट्रक’ले पुल ‘भत्काएपछि’ उठेका प्रश्नहरू

ई आर्थिक    बुधबार, माघ २ २०८१
6.6K
Shares
सामानसहित ११० टन तौल भएको ‘ट्रेलर ट्रक’ले पुल ‘भत्काएपछि’ उठेका प्रश्नहरू

काठमाडौं । पूर्व-पश्चिम राजमार्गमा अवस्थित एउटा पक्की पुल भत्किनुमा ६० टनजति तौल भएको जेनरेटर बोकेको एउटा मालवाहक सवारीसाधन जिम्मेवार रहेको अधिकारीहरूले बताएका छन्। उक्त ट्रेलर ट्रकको कुल तौल ११० टनभन्दा बढी भएको उनीहरूको अनुमान छ।

नवलपरासी पूर्वमा रहेको बिनयी पुल भत्किनुको कारणबारे अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेस गर्न सडक विभागले एउटा समिति पनि गठन गरेको छ।

गत साता शुक्रवार भत्किएको उक्त पुल झन्डै ५० वर्षअघि बनेको बताइन्छ।

अधिकारीहरूका अनुसार पुलको पूर्वपट्टि रहेको फलामको भाग ट्रकको ठक्करबाट भाँच्चिएपछि पुल भत्किएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij