ई-आर्थिक, काठमाडौं । प्रारम्भ एकेडेमी पूर्व विद्यार्थी समाजको अध्यक्षमा प्रज्ज्वल पौडेल सर्वसम्मत भएका छन् । काठमाडौको कागेश्वोरी मनोहरा नगरपालिका वडा नम्बर छ स्थित प्रारम्भ एकेडमीको पूर्व विद्यार्थी समाजको दोस्रो अधिवेशन – २०८१ नगरकोटमा रहेको हेभन हिल रिसोर्टमा सम्पन्न गरेको हो ।
उक्त कार्यक्रमको सभापतित्व पूर्व विद्यार्थी समाजको अध्यक्ष युनिसा खनालले गर्नुभएको थियो। उक्त कार्यक्रममा बि सं २०७४ सालदेखि २०८० सालसम्म एस इ इ उत्तीर्ण विद्यार्थीहरूको सहभागिता रहेको थियो । साथै, उक्त कार्यक्रममा प्रज्वल पौडेलको अध्यक्षतामा” प्रारम्भ पूर्व विद्यार्थी समाज ” को नयॅा कार्य समिति गठन भएको प्रारम्भ एकेडेमीका एकेडेमिक डिरेक्टर राजेश घिमिरेले ई-आर्थिकलाई जानकारी दिए ।
उक्त संघमा निम्नानुसारको ११ सदस्यीय समिति गठन गरिएको छ अध्यक्षमा पौडेल संगै उपाध्यक्षमा बिपिन दाहाल, महासचिवमा मनोज चौलागाईं, सचिवमा निशान्त सापकोटा, कोषाध्यक्षमा प्रियन्का न्यौपाने, सदस्यहरूमा स्वस्तिका ढकाल, क्विसा खड्का, रिया मगर, सागर कार्की, देव विसुङ्खे, विवेक चौलागाईं, एलिशा श्रेष्ठ नियुक्त भएका छन् ।