२०८३ भाद्र २७ शनिबार

विदेशी मुद्रा सञ्चितिले १७.६ महिनाको वस्तु आयात धन्न पुग्ने, १६ अर्ब ७६ करोड डलर सञ्चित

ई आर्थिक    शुक्रबार, पौस २६ २०८१
5.5K
Shares
विदेशी मुद्रा सञ्चितिले १७.६ महिनाको वस्तु आयात धन्न पुग्ने, १६ अर्ब ७६ करोड डलर सञ्चित

ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसा चालु आर्थिक वर्ष २०८१/ ८२ पहिलो पाँच महिनामा  विदेशी विनिमय सञ्चिति १६ अर्ब ७६ करोड डलर पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार  पहिलो पाँच महिना (मंसिर)सम्मको तथ्यांकमा २०८१ असार मसान्तको तुलनामा यस्तो डलर संचिति ९.७ प्रतिशतले बढेर १६ अर्ब ७६ करोड डलर पुगेको देखिन्छ ।

गत असारसम्मा विदेशी मुद्रा संचिति २० खर्ब ४१ अर्ब रुपैयाँ बराबरको रहेकोमा मंसिरसम्मा यस्तोरकम ११.४ प्रतिशतले बढेर २२ खर्ब ७३ अर्ब रुपैयाँ बाराबर पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ मंसिर मसान्तमा १०.० प्रतिशतले वृद्धि भएर २० खर्ब ३३ अर्ब २७ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा २०८१ मंसिर मसान्तमा २४.६ प्रतिशतले वद्धि भएर २ खर्ब ४० अर्ब रुैपैयाँ पुगेको छ । २०८१ मंसिर मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.८ प्रतिशत रहेको पनि राष्ट्र बैंकले बताएको हो ।

आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने देखिन्छ ।

२०८१ मंसिर मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.८ प्रतिशत, १२१.६ प्रतिशत र ३१.६ प्रतिशत रहेका छन् । २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij