२०८३ साउन ११ सोमबार

निर्माण व्यवसायीले सडक आन्दोलनका लागि पुस २७ मा राष्ट्रिय भेला गर्ने

ई आर्थिक    बिहिबार, पौस २५ २०८१
4.9K
Shares
निर्माण व्यवसायीले सडक आन्दोलनका लागि पुस २७ मा राष्ट्रिय भेला गर्ने

ई-आर्थिक, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलन गर्ने भएको छ ।निर्माण उद्योगका समस्या समाधानका लागि तत्काल उच्चस्तरीय आयोग गठन गर्न माग नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योगप्रतिको सरकारी उदासिनताबिरुद्ध निर्णायक आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने भएको हो ।

महासंघले निर्माण उद्योगप्रतिको सरकारी उदासिनताबिरुद्ध पुस २७ गते निर्णायक आन्दोलनका लागि राष्ट्रिय भेला—२०८१ आयोजना गर्ने जनाएको हो ।

महासंघका महासचिव रोशन दाहालले भेलाको आदेशअनुसार आन्दोलनका चरणवद्ध कार्यक्रमहरु गर्ने चेतावनी दिएका छन्  ।

उनले निर्माण व्यवसायीहरुले निर्माण कार्य गरेबापतको विगत आर्थिक वर्षहरुमै भुक्तानी हुनुपर्ने वक्यौता रहेको ठूलो रकम अझै भुक्तानी नहुँदा निर्माण व्यवसायीहरुमा विकराल अवस्था सिर्जना भएको बताएका छन्  ।

सरकारले निर्माण व्यवसायीको ५० अर्ब बक्यौता दिएको छैन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij