ई-आर्थिक, काठमाडौं । सरकारले निमार्ण व्यवसायीहरुको भुक्तानी बक्यौता नपाँउदा समस्यामा परेका छन् । सरकारले गत आर्थिक वर्षको बक्यौता नदिदा समस्यामा परेको निर्माण व्यवसायीले गुनासो गरेका हुन् । देशभरका विभिन्न निर्माण व्यवसायीहरुले भुक्तानी नपाउँदा थप आर्थिक संकट परेको बताएका छन् ।
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी सङ्घले पत्रकार सम्मेलन गरि निर्माण व्यवसायीले बक्यौता नपाउँदा टाट पल्टेको बताएका छन् । सरकारले समयमा भुक्तानी नदिई उल्टै हचुवाको भरमा निर्माण व्यवसायीलाई पेल्ने गरेको उनीहरुको गुनासो गरेका थिए ।
नेपाल निर्माण व्यवसायी महासङ्घका केन्द्रीय उपाध्यक्ष प्रकाश सेठीले भुक्तानी नपाउँदा निर्माण उद्योग कोमामा पुगेको जिकिर गरेका छन् । एकातिर निर्माण सामग्रीको अचाक्ली मूल्य वृद्धि र अर्कोतिर सरकारले समयमा भुक्तानी नदिने परिपाटीले निर्माण व्यवसायीले काम गर्न नसक्ने वातावरण सृजना भइरहेको उनले बताएका थिए ।
सुदूरपश्चिम निर्माण व्यवसायी महासङ्घका अध्यक्ष लक्ष्मण स्वाँरले निर्माण व्यवसायीहरु ८० प्रतिशत राज्यबाटै पीडित रहेको भएकाो बताएका छन् ।
सरकारले बेलैमा भुक्तानी नदिने उल्टै काम गरेन भनेर दण्ड जरिवाना गर्ने, कालोसूचीमा राख्ने जस्ता कार्य गरेर त्रसित बनाइरहेको निर्माण व्यवसायीको भनाइ छ ।
सुदूरपश्चिमका निर्माण व्यवसायीले सङ्घीय योजनाका डेढ अर्ब रुपियाँ भुक्तानी लिन बाँकी रहेको अध्यक्ष स्वाँरले बताएका छन् ।