२०८३ भाद्र २९ सोमबार

कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप भुक्तानी शुक्रबारसम्म स्थगन

ई आर्थिक    मंगलबार, पौस २३ २०८१
2.9K
Shares
कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप भुक्तानी शुक्रबारसम्म स्थगन

ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले  समस्याग्रस्त घोषणा गरेको  कर्णाली डेभलपमेन्ट बैंकले  निक्षेप भुक्तानी स्थगन गरेको छ । बैंकले सूचना जारी गर्दै निक्षेप भुक्तानी कार्य शुक्रबारसम्म स्थगन गरेको जनाएको छ ।

सूचनामा ‘निक्षेपकर्ताहरुलाई निक्षेप भुक्तानी भईरहेकोमा हाल तरलता व्यवस्थापन तथा नियमित कार्य संचालनका लागि कार्य भईरहेको र त्यसका लागि केही समय आवश्यक पर्न गएको हुँदा तरलता व्यवस्थापन भएपछि गर्ने शुक्रबारसम्म निक्षेप भुक्तानीको कार्य स्थगन गरिएको उल्लेख गरेको छ ।

निक्षेपकर्ताहरुको निक्षेप भुक्तानी गर्ने कार्यलाई व्यवस्थापन समुहले पहिलो प्राथमिकतामा राखी काम गरिरहेको जनाएको छ ।

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी राष्ट्र बैंकबाट गठित ब्यवस्थापन समुहबाट संस्था व्यवस्थापन तथा सञ्चालन भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij