ई-आर्थिक, विराटनगर । सुनसरीको इटहरीमा केन्द्रीय कार्यालयमा अवस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ ।
कोशी प्रदेश सरकारले अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी रुपमा घोषणा गरेको हो । आज उद्योग, कृषि तथा सहकारी मन्त्रालयले अम्बे कोशी सहकारीलाई समस्याग्रस्त सहकारी घोषणा गरेको हो ।
गएको पुसमा सरकारले संकटग्रस्त सहकारीको व्यवस्थापन समिति वरिष्ठ अधिवक्ता भरतबहादुर थापाको संयोजकत्वमा गठन गरेको थियो ।
सहकारीको व्यवस्थापन संकटग्रस्त सहकारीको व्यवस्थापन समितिले गर्ने मन्त्रालयले बताएको छ ।
अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका बचत अपचलन तथा ठगि गरेको आरोपमा सहकारीका अध्यक्ष फणिन्द्र मगर ठगी थुनामा रहेका छन् । सहकारीका सञ्चालकहरूमाथि करिब १३ हजार सर्वसाधारणको ६१ करोडभन्दा बढी बचत रकम अपचलन गरेको आरोप छ ।
सहकारी संस्था समस्याग्रस्त घोषणा गरेपछि त्यस्तो सहकारीको लागनी उठाएर बचतकर्तालाई फिर्ता गर्ने गरी समितिले काम गर्ने छ ।
थापाको नेतृत्वमा बनेको समितिलाई सहकारीको लगानी उठाउने तथा ऋणीको धितो लिलाम गरी बचकर्ताको बचत फिर्ता गर्ने अधिकार छ ।
मन्त्रालयका अन्य समस्याग्रस्त सहकारीको पनि अध्ययन भइरहेको जनाएको छ ।